क्रिकेटरले जिते पछी एमाले अध्यक्ष ओलीले दिए बधाई खेलाडीको धेरै प्रशंशा

काठमाण्डौ,पार्टी एकिकरण, सरकार गठन लगायत विभिन्न राजनीतिक गतिविधिमा अति ब्यस्त रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।

बुधवारको खेलमा नेपालले क्यानडालाई हराए पछि नेता ओलीले क्रिकेट टिमलाई बधाई दिएका हुन् । नेपालले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गरेको हो । ओलीले सामाजिक संजाल ट्वीटर मार्फत खेलाडी टिमलाई बधाई दिएर खेलाडीको हौसला बढाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै आईसीसी विश्वकप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई । नेपाली क्रिकेट टिमले आगामी दिनमा झनै सशक्त र उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्दैछु’ ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार