संयोजन समितिको बैठक सकियो : वैचारिक नीतिमा कुरा अड्कियो

काठमाडौं : एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बुधबार दिउँसैबाट बसेको संयोजन समितिको बैठक पार्टी एकताका विषयमा सकारात्मक छलफल गर्दै सकिएको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार वैचारिक नीतिलाई शुत्रबद्ध गर्ने विषयमा थप छलफलको आवश्यकता भएकाले बिहीबार पुन बस्ने गरी संयोजन समितिको बुधबारको बैठक स्थगित भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘पार्टी एकताका विषयमा संयोजन समितिमा सकारात्मक छलफल भएको छ । एकता चाँडै हुन्छ । तर, वैचारिक नीतिलाई कसरी शुत्रबद्ध गर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक पुनः भोलि बस्नेगरी आजका लागि स्थगित भएको छ ।’

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार