निर्वाचन परिणाम प्रस्तुत गर्दै : फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने

काठमाडौं, फागुन २ गते । निर्वाचन आयोगले २०७४ मंसिर १० गते र २१ गते सम्पन्न निर्वाचनको परिणाम आजै राति २० बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसको अवसरमा नेपाली सेनाले फागुन २ गते आयोजना गरेको रात्रिभोज र शुभकामना आदान/प्रदान कार्यक्रममा उपस्थित भएर फर्किएपछि निर्वाचन आयोगले शीतल निवासमा आयोजित विशेष समारोहमा निर्वाचन परिणाम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

विद्यादेवी भण्डारीबाट निर्वाचन परिणाम ग्रहणपछि सरकार गठनको प्रक्रिया पनि आजैबाट सुरु हुने छ । निर्वाचन आयोगबाट आम निर्वाचनको परिणाम औपचारिक रुपमा प्राप्त गरेपछि नया“ सरकार गठनका लागि आवश्यक बहुमतका साथ उपस्थित हुन राष्ट्रपतिबाट आजै आव्हान गरिने छ । स्रोतका अनुसार, निर्वाचनमा कुनै पनि दलको बहुमत नआएकाले संसदका बहुमत सदस्य (घटीमा १४१ सांसद)को नामावलीसहित उपस्थित हुन राष्ट्रपतिले दलहरुलाई आव्हान गरेपछि नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठन गर्न आवश्यक बहुमत सहितको हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिने छ ।

गणतान्त्रिक नेपालको संविधान २०७२ अनुसार, गणतान्त्रिक नेपाल राष्ट्रको पहिलो प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दैछन् । सम्भवत : २०७४ साल फागुन ३ गते विहीवार ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा फागुन २ गते बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराएको एमाले स्थायी समिति सदस्य सुरेन्द्रपाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराएका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा कुन दलको कति ?

राष्ट्रिय सभाको परिणाम आईसकेपछि प्रतिनिधिसभाको समानुपातिक सिट संख्या घोषणा भएको थियो । जसमा एमालेले ४१ सिट, कांग्रेसले ४० सिट, माओवादीले १७ सिट, राजपाले ६ र संघीय समाजवादी फोरम ६ सिट पाएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दलहरुको उपस्थिति

प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकको ४१ सिट जोड्दा १२१ सिटस कांग्रेस प्रत्यक्षतर्फ २३ सिट जितेकोमा समानुपातिकतर्फ ४० सिट जोडेर ६३ सिटस माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ जोडेर कूल संख्या ५३ सिट, राजपाले प्रत्यक्षमा ११ सिट र समानुपातिकमा ६ सिट गरी कूल १७ सिट, र संघीय समाजवादी फोरमले भप्रत्यक्षमा १० तथा समानुपातिकमा ६ गरी १६ सिट पाएको छ ।

बहुमत पुग्न एमालेलाई १७ सिट पुगेन भने दुईतिहाई पु¥याउन बाम गठवन्धनलाई १० सिट पुगेको छैन ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार