ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक वान टु वान बार्ताको सहमति एक मात्र एजेण्डा

काठमाडौं, फागुन २एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बार्तालगत्तै मानभवनमै पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन । दाहालसँग आज भएको वान टु वान बार्ता दुई पार्टीबीच एकता गर्ने टुंगो लागेपछि ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन ।

ओली र दाहालबीच आज पनि मानभवनस्थित ब्यवसायी शारदा अधिकारी निवासमा बार्ता भएको थियो । बार्ता सहमतिमा पुगेपछि दुवै अध्यक्षले पार्टीको आधिकारिक संस्थाको बैठक बोलाएका हुन ।

‘मानभवनमै स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनु भएको छ, बैठकलगत्तै ३ बजे पार्टी एकता संयोजन समिति बैठक बस्ने तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने । दुइृ अध्यक्षबीच भएको सहमतिलाई पार्टीबाट अनुमोदन गराई एकता संयोजन समितिमार्फत सार्वजनिक गर्ने योजना रहेको छ ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार