अझै बढ्यो सुनको मूल्य, कति छ आज ?

काठमाडौं, फागुन २ नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोल ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार