ओली प्रधानमन्त्री हुने पक्का भए पछी चीनले दुई नया जहाज उपहार दियो

काठमाडौं । छिमेकी राष्ट्र चीनबाट नेपाल वायुसेवा निगमले दुई चिनियाँ वाई १२ जहाज ल्याएको छ । उक्त जहाज त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् ।

चीनको हर्बिन शहरबाट एक साता अघि उडेका दुई चिनियाँ जहाज सोमबार दिउँसो त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन् । २०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार यि जहाज निगमले थपेका हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज यसअघि नै आइसकेका थिए ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । एउटा एमए ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको छ । सोमबार आइपुगेका २ ‘वाइ १२ ई ‘ जहाज भने सहुलियन ब्याजमा आएका जहाज हुन् ।

पछिल्ला ४ वटा वाई १२ भने सहुलियत ऋणमा चीनले उपलब्ध गराएको हो । अनुदानमा उपलब्ध भएका जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियत व्याजमा ऋण उपलब्ध गराएको छ । हाल उडान भरिरहेका दुई एमए(६० र दुई वाई(१२ जहाज निगमका लागि बोझ सावित भएका छन् ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार