मदिराको बिल तिर्ने बेला पेस्तोल ताक्ने सई पक्राउ

काठमाडौं । मदिरा सेवन गरेको विल नतिर्न पेस्तोल ताक्ने नेपाल प्रहरीका असई पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित आइक्लका सञ्चालकलाई पेस्तोल ताक्ने सई राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार २ बजेतिर सिभिल पोशाकमा हतियारसहित छिरेका सईले मदिरा सेवन गरेको बिल नतिर्न पेस्तोल तोकेको सञ्चालकहरुले बताएका छन् । जनसेवा वृतको सिआरभीमा उनी कार्यरत छन् ।

पेस्तोलसहित देखाएर उनले संचालक र त्यहाँ पुगेका ग्राहकहरुसँग अभद्र ब्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । रक्सीले टिल्ल परेर क्लव पुगेका सईले पछि विल तिर्ने बेलामा हतियार देखाएका थिए । विहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा उनी भेटिएका थिए। उनलाई निलम्वन गर्ने तयारी भइरहेको छ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार