प्रचण्डले गरे पार्टी एकता बारे भएको सहमतिको खुलासा! आजै साँझसम्म एकताको टुंगो,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको सामाजिक र राजनीतिक भूमिका स्वीकारेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका विषयमा सोमबार ओलीसँग छलफल भएको उल्लेख गरे ।

दुई पार्टीका अध्यक्षबीच सोमबार जनताको बहुदलीय जनवाद र माओवादको संश्लेषण गरेर अगाडि बढ्ने र महाधिवेशनमा बेला टुङ्गोमा पुग्ने समझदारी भएको थियो ।

‘हिजो मात्रै पार्टी एकता छलफलमा हुँदा एमाले अध्यक्ष ओलीले पनि के कुराको महत्व स्वीकार गर्नु भएको छ भने जनयुद्ध नेपालको सामाजिक राजनीतिक जागरणमा ऐतिहासिक भूमिका थियो र छ,’ प्रचण्डले भने ।

माओवादीले २०५२ सालमा आजकै दिन पारेर सशस्त्र युद्ध सुरु गरेको थियो । माओवादीले हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउने गरेको छ ।

दुई वाम पार्टीबीच एकताको विषयमा छलफल चलिरहेको र सम्भवतः आजै निर्णय हुने प्रचण्डले उल्लेख गरे ।

‘आजको दिनमा जनयुद्ध दिवसमा पार्टी एकता टुङ्ग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेको छु । हाम्रो कोशिश छ । सकेसम्म आज नै टुङ्गोमा पुगोस्’, प्रचण्डले भने ।

बुधबार, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार