सरकार र एकीकृत पार्टीको अध्यक्षता ओली र प्रचण्डले पालैपालो गर्ने, के-के भए अन्य सहमति ?

काठमाडौं । पार्टी एकता प्रकृयाको प्रारुप तयार पार्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आजपनि छलफल हुने भएको छ । पार्टी एकता प्रकृयाको प्रारुपतयार पार्न एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुन लागेको हो ।

हिजो ओली र प्रचण्डबीच पार्टी एकताको प्रारुप दुई दिन भित्र तयाार पार्ने, एकीकृत पार्टीमा दुवै नेता सहअध्यक्ष हुने, बैठकको अध्यक्षता पालैपालो गर्ने र सरकारको अध्यक्षता पनि एमाले अध्यक्ष ओली र प्रचण्डले पालैपालो गर्ने सहमति बनेको थियो ।

महाधिवेशनपछि मात्रै नयाँ सैद्धान्तिक मान्यता बनाउने, दोस्रो तहका नेताहरुको व्यवस्थापनको खाका तत्काल तयार पार्दै सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचनपछि पार्टी एकतागर्ने सहमति भएको थियो ।

दुवै पार्टीका अध्यक्षले आज थप छलफल गरेपछि भोलिपार्टी एकता संयोजन समितिको बैठकमा निर्णाथ प्रस्तुत गरिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार