प्रधानमन्त्री देउवाका लागि एक रुपैयाँ संकलन अभियान: किन आवश्यक ?

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले, जाँदाजाँदै सरकारी ढुकुटी रित्याएको भन्दै कैलालीमा संयुक्त वाम विद्यार्थी गठबन्धनले दबाबस्वरुप एक रुपैयाँ संकलन अभियान सञ्चान गरेका छन् ।

लोकप्रिय बन्ने होडमा देउवा सरकारले अर्बौको सरकारी ढुकुटी बाँडेको आरोप लगाउँदै उनीहरुले देउवा सरकारको विरोध स्वरुप एक रुपैयाँ संकलन गरेका हुन् । आइतबार पहिलो दिन कैलाली बहुमुखी क्याम्पसमा ४ सय ४८ जनाबाट त्यति नै रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाइएको छ ।

संघीयताको कारण स्रोत व्यवस्थापन गर्न असहज भएको स्थितीमा देउवा सरकारले कहिले वृद्ध भत्ता बढाएर त कहिले अन्य शीर्षकमा राष्ट्रिय ढुकुटी रित्याउने चलखेल गरेको आरोप अखिल क्रान्तिकारी कैलालीका जिल्ला अध्यक्ष डम्मर भट्टराईले लगाउनुभयो ।

प्रतिनिधिसभाको चुनावले वाम गठबन्धनलाई जनादेश दिइसकेको भए पनि जाँदाजाँदै देउवा सरकाले कार्यकर्तालाई पोस्नका लागि पनि राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको आरोप संयुक्त वाम विद्यार्थी गठबन्धनको छ ।

नयाँ बन्ने सरकारलाई काम गर्न असहज हुने गरी देउवा नेतृत्वको सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको र त्यसका विरुद्ध दबाब सिर्जना गर्न एक रुपैयाँ संकलन गरी प्रधानमन्त्रीलाई नै बुझाएको अनेरास्वियस्का पूर्व जिल्ला अध्यक्ष तथा कैलाली बहुमुखी क्याम्पसका स्ववियू सभापति चुडामणि भट्टले बताउनुभयो ।

देशको आर्थिक अवस्था नहेरी रकम बाँडदा थप समस्या सिर्जना हुने भन्दै देउवा सरकारलाई तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको बाटो सहज बनाइदिन पनि विद्यार्थी संगठनले आग्रह गरेका छन् ।

सामाजिक सुरक्षा भत्तामा बढोत्तरी मात्रै होइन आर्थिक सहायताको नाममा आसेपासेलाई अर्बाै रकम बाँडिएको पनि विद्यार्थी संगठनको आरोप छ ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार