गगन थापाको नियमावलीलाई भीमसेनदास प्रधानले लत्याए

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा र भीमसेनदास प्रधान पार्टीभित्रका एक समुहका नेता हुन् । गएको महाधिबेशनमा सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता रामचन्द्र पौडेललाई चुनौति दिँदै कृष्णप्रसाद सिटौला सभापतिको उम्मेद्धार बनेका थिए । कांग्रेसभित्र तेस्रो धार जन्माउने सिटौला पक्षका नेता हुन् थापा र प्रधान ।

वर्तमान सकारका मन्त्रीसमेत रहेका भीमसेनदास प्रधानले पूर्वमन्त्री गगन थापाले बनाएको नियमलाई पूर्णरुपमा उलंघन गरेका छन् । गगन थापा स्वास्थ्यमन्त्री हुँदा भीभीआइपीले १५ लाख भन्दा बढि उपचार खर्च लिन नपाउने नियमावली बनाएका थिए । तत्कालिन मन्त्रिपरिषदले पारित समेत गरेको गगनको नियमावलीलाई उनी निकट प्रधानले पूर्णरुपमा उलंघन गरेका छन् ।

थापाले आफ्नो कार्यकालमा स्वदेशमा उपचार हुन नसक्ने अबस्था आएमा डाक्टरको सिफारिसमा १५ लाख रुपैयाँसम्म उपचार सहयोग प्रधान गर्ने ब्यवस्था गरेका थिए । तर मन्त्रि प्रधानले आफ्नो स्वास्थ्य उपचारका लागि ५० लाख रकम लिने भएका छन् । उनलाई ५० लाख उपचार खर्च दिन नेपाल सरकार सहमत पनि भइसकेको छ ।

मुटुको समस्या झेल्दै आएका प्रधानले आफ्नो उपचार जापानमा मात्र हुने बताउन थालेका छन् । काठमाडौमा पुर्खेउली सम्पति भएका प्रधान धनाड्य ब्यक्ति हुन् । तरपनि उनले राज्यकोषबाट ५० लाख लिएर आफ्नो उपचार गर्ने भएका छन् । उनले लिन लागेको उपचार खर्च गगन थापाले बनाएको नियमावली विपरित रहेको छ ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार