बाम गठबन्धनका बरिष्ठ नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र

पोखरा, ९ मंसिर – नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले विदेशीको षडयन्त्रमा प्रतिगामीहरुले बरिष्ठ नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले भने,‘बम विष्फोट गराइरहेका छन्, सार्प सुटरहरु लगाएर मार्ने कोशिष भइरहेको छ, यहाँ बरिष्ठ बाम गठबन्धनका नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको छ ।’

नेता बादलले पुँजीवादीहरुले कयौं गरीबहरुको गर्भैमा हत्या ग र्नेगरेको आरोप लगाए । बाम गठबन्धनलाई अधिनायकवादी देख्ने र रुन पनि पाईंदैन भन्ने पुँजीवादीहरुले गर्भैमा हत्या गरिरहेको भन्दै भने,’बामपन्थीहरुले वा कम्युनिष्टहरुको सरकार आयो भने अधिनायकवाद आउँछ भन्दै हल्ला गर्दैछन्, रुनपनि पाईंदैन भन्दैछन्, तर सत्य के हो भने ति पुँजीवादीहरुले हरेक दिन उपचार गर्न नपाएर, खान नपाएर, आराम गर्न नपाएर गरीबका गर्भैमा हत्या गरिरहेका छन् ।’

उनले अहिले पुँजीवादी सरकार हुँदा तस्कर, भ्रष्टाचारी र केहि दलालहरु मात्र खुशी र हाँस्न पाएको बताउँदै बामपन्थीको सरकार आएपछि गरीब जनताले हाँस्न, नाच्न, रमाउन र खान पाउने बताए । उनले २५ वर्षभित्रमा बामपन्थी सरकारले नेपाललाई संसारकै सबैभन्दा समृद्ध, विकशित र धनी बनाउने दाबी गरे ।

बादलले एमाले र माओवादी केन्द्र मिलेपछि कांग्रेसले मानसिक सन्तुलन गुमाएर बर्बराउने गरेको टिप्पणी गरे । उनले भने,’हामी मिलेपछि प्रतिगामी कित्ताहरुमा ठूलो आतंक फैलिएको छ, त्रास फैलिएको छ, उनीहरुले मानसिक सन्तुलन गुमाएका छन्, र त उनीहरु भन्दैछन् बामपन्थीले अधिनायकवाद ल्याउँछ, रुन पनि पाईंदैन भनेर ।’

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार