नवलपरासीमा कांग्रेस उम्मेदबारलाई लक्षित गरेर बम बिस्फोट

नवलपरासी मंसिर ९ नवलपरासी क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरेर शनिवार बिहान बम बिस्फोट गराइएको छ । पहाडी कच्ची सडकमा भएको बम बिस्फोटले कुनै मानविय क्षति भएको छैन् । उम्ेमदवार र कार्यकर्ता सकुशल रहेको वताइएको छ । नवलपरासीको पहाडी बुंदीकाली गाँउपालिकामा शनिवार बिहान गएका पुर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्म्ोदवार बिष्णु कार्की र प्रदेश सभाका उम्मेदवार बिष्णु लामिछाने चढेको जिपलाई लक्षित गरेर इलाका प्रहरी कार्यालय रुद्रपुर नजिकै शक्तिशाली बम बिस्फोट गराइएको हो । प्रहरीका अनुसार बिस्फोट भएको स्थान महेन्द्रराजमार्ग वाट १६ किलोमिटर उत्तर पहाडी कच्चि सडकमा पर्दछ ।

कांग्रेसका उम्मेदवार सहित ३ वटा जिपमा कार्यकर्ता पहाडी क्षेत्रका गाँउमा प्रचारमा गएका थिए । पुर्वी नवलपरासीका प्रहरी उपरिक्षक दिपेन्द्र जिशिले उम्मेदवारलाई लक्षित गरेर बम फालिएको जानकारी आएको र घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए ।

पहिलोपटक उम्मेदवारहरु पहाड पसेको मौका छोपेर मतदाता त्रसित बनाउन र उम्मेदवारलाई हत्या गर्ने योजना अनुसार बम बिस्फोट गराइएको कांग्रेस जिल्ला सभापति तथा प्रदेशका उम्मेदवार बिष्णु लामिछानेले बताए । उनले पहाडमा प्रचार गरेर फर्किने योजना रहेको सुनाए । नवलपरासीको उत्तरी पहाडी बुंदीकाली र हुप्सेकोट गाँउपालिकामा प्रचारका लागि ३ वटा जिप र मोटरसाइकलमा २ उम्मेदवार सहित ५ दर्जन कार्यकर्ता पहाड तिर गएको काँग्रसले जानकारी दिएको छ ।

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार