इजिप्टमा आतंकबादी हमलामा परी ज्यान गुमाउनेको संख्या २ सय ३५ पुग्यो

काठमाडौं ,९ मंसिर/

इजिप्टको उत्तरी सिनाई प्रान्तको एक मस्जिदमा शुक्रबार भएको आतंकबादी हमलामा परी ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ ।

आक्रमणकारीले मस्जिदमा प्रार्थना गरिरहेकामाथि अन्धाधुन्ध बम तथा गोली प्रहार गरेका थिए ।

बीबीसीका अनुसार, चारवटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका थिए । यद्यपि, यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अन्तर्राष्ट्रिय समुदायहरुले आक्रमणको घोर निन्दा गरेका छन् ।

इजिप्ट सन् २०१३ यता इस्लामिक उग्रबादीहरुसँग संघर्ष गर्दै आएको छ । सर्वसाधारणलाई लक्षित गरी यहाँ दिनहूँजस्तो बम विष्फोट र गोलीकाण्ड हुने गरेको छ ।

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार