लहान नगरपालिका : निर्वाचन अधिकृत र प्रहरी नायव उपरीक्षक परिवर्तन !

लहान सिरहास्थित लहान नगरपालिकाको निर्वाचन अधिकृत नारायण थापा बुधवार साँझबाट परिवर्तन गरिएको छ । उनको ठाउँमा राष्ट्रिय निर्वाचन आयोगका उपसचिव प्रेम प्रसाद लुइँटेल आएका छन् । लहान नगरपालिकाको मतगणना कार्य पटक पटक अवरुद्ध भएपछि निर्वाचन अधिकृत थापालाई परिवर्तन गरिएको छ ।

मतगणना कार्य पटक पटक अवरुद्ध हुदा पनि सक्रिय भुमिका निर्वाह नगरेपछि थापालाई परिवर्तन गरिएको बुझिएको छ । तर नयाँ आएको निर्वाचन अधिकृत लुइँटेलले थापा व्यक्तिगत कारणले परिवर्तन गरिएको बताए ।

यसैगरी, कांग्रेसको दवावमा मतगणना स्थलको सुरक्षार्थ खटिएका लहानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेलाई पनि हटाइएको छ । मतगणना स्थलको सुरक्षाको जिम्मा अहिले प्रहरी निरीक्षक खगेन्द्र खड्कालाई दिइएको छ ।

लहान नगरपालिकाको वडा नम्बर ५ मा एमालेका सुलेमान अन्सारी विजयी भएपछि कांग्रेसले पुनः मतगणनाको माग गर्दै नारवाजी गरेका थिए । प्रहरी नायव उपरीक्षक पाण्डेले कांग्रेसको आन्दोलनलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कांग्रेसले डिएसपी पाण्डेलाई हटाउन दवाव दिएको थियो । सोही दवावको कारण डिएसपी पाण्डेलाई हटाइएको हो ।

बुधबार, अशोज ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार