यू–१६ फुटबल छनोटमा नेपालले इराकसँग खेल्दै

काठमाडौं, असोज ४/ एएफ्सी अन्डर सिक्सटिन च्याम्पीयन्सीप छनोट फुटबलमा आज नेपालले इराकको सामना गर्दैै छ ।

हल्चोकस्थित एपीएफको मैदानमा खेल दिउँसो साढे ३ बजे हुने छ ।

खेलको पूर्व संध्यामा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले बलियो इराकविरुद्ध जित्नकै लागी मैदान उत्रने बताएका छन् ।

उनले गल्ति सुधार गरेर खेल्ने हो भने आफ्नो टोली दोस्रो चरण पुग्न सक्षम रहेको दाबी गरे ।

छनोटमा नेपाल र इराकसहित प्यालेष्टाइन तथा भारतले प्रतिस्पर्धा गर्दे छन् ।

समूहको शीर्ष स्थानमा रहने टोली एएफसी अन्डर सिक्सटिन च्याम्पीयन्सीपमा छनोट हुने छ ।

बुधबार, अशोज ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार