सभामुख घर्ती आज चीन भ्रमणमा जाँदै

काठमाडौ ,असोज ४/

व्यवस्थापिका संसदबाट एकै दिन सात वटा विधेयक पारित भएका छन् ।
संसद्को हिजो बसेको बैठकले सात वटा विधेयक पारित गरेको हो ।

बैठकले थारु आयोग र मुस्लिम आयोग विधेयक पारित गरेको छ । त्यसैगरी सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा नवौं संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक समेत पारित भएका छन् ।

सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा निस्कने भएपछि एकै दिन धेरै विधेयक पारित गरिएको हो । सभामुख घर्ती आज चीन भ्रमणमा जाँदै हुनुहुनछ ।

संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीचमा दसैं, तिहार लगायत चाडपर्व समेत परेका कारण हिजो संसद बैठक दुई पटक बसेर विधेयकहरु पारित गरिएका हुन् ।

 

बुधबार, अशोज ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार