कार्तिक २८ देखि दोस्रो सताक्षी गोल्डकप हुने

झिलझिले, असोज ३ /

झापाको झिलझिलेमा दोस्रो सताक्षी गोल्डकप हुने भएको छ । शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा कार्तिक २८ देखि मंसिर ७ गतेसम्म गोल्डकप हुने बताइएको छ ।

 

सतासीधाम स्र्पोटिङ क्लबको आयोजनामा हुने गोल्डकपमा एक भारतीयसहित १० टिमको सहभागीता रहने बताइएको छ । गोल्डकप झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुनेछ । गोल्डकपमा ७ वटा ए डिभिजन टीम, १ विदेशी, १ आमन्त्रित र आयोजक टिम सहभागी हुनेछ ।

गोल्डकपमा झापा ११, रुपेन्दही ११, मनाङ मस्र्याङदी क्लब, ३ विभागीय टीमहरु पुलिस, आर्मी र एपीएफ, मोरङ ११ र आयोजक रहने छन् । थ्रीस्टार र भारतको मध्यप्रदेश डामअफ गोल एकाडेमीसंग कुरा चलिरहेको आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

प्रतियोगितामा विजेता टिमलाई ५ लाख र उपविजेतालाई साढे दुई लाख नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले बताएको छ ।

करिब ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य आयस्रोत उद्यमी, व्यवसायी गेट टिकट तथा फुटवलप्रेमीवाट प्राप्त हुने आर्थिक समिति संयोजक गणेश प्रधानले जानकारी दिए । ०७३ बैशाखमा भएको प्रथम सताक्षी गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

मङ्लबार, अशोज ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार