स्पेनिस ला लिगामा रियलको जित

एजेन्सी, असोज २, स्पेनिस ला लिगा फुटबल अन्तर्गत राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा साबिक विजेता रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराएको हो ।


रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे । यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरे । रियल सोसिडाडका लागि रोड्रिग्वेजले नै गोल गरे । १९ औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लियो । २८ औं मिनेटमा रोड्रिग्वेजले रियल सोसिडाडका लागि बराबरी गोल फर्काए । तर ३६ औं मिनेटमा उनैले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।

पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गर्दै ३–१ को जित दिलाए । यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ । चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ ।

राति नै भएको खेलमा गिरोनालाई १–० ले हराएको सेभिल्ला चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । राति नै भएका खेलमा भिल्लारियलले एलाभेसलाई ३–० तथ लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।

सोमवार, अशोज २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार