कपिलवस्तुमा झाडापखालाको महामारी, २ जनाको मृत्यु ,सयौं प्रभावित

कपिलवस्तु, कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको वडा नम्वर– साबिक कुसहवा गाउँ विकास समितिमा झाडापखालाको महामारी फैलिएको छ ।
झाडापखालाको कारण गघौंडीका जमुना चमारकी ३५ वर्षिय पत्नी शान्तिदेवी चमार र सतभराका चैतराम रैदासका ८ वर्षिय छोरा तारेस रैदासको दुई दिन देखि सुरु भएको झाडापखाला र वान्ताको कारण ज्यान गएको शिवराज अस्पतालले जनाएको छ ।

कुसहवा हेल्थ पोष्टमा अहिलेसम्म १ सय ५० भन्दा वढि झाडापखालाका विरामी उपचार गराउन आएको ईन्चार्ज जयनारायण पण्डितले बताएका छन् ।
सतभरा गाउँमा एकै परिवारका सात जना समेत विरामी परेको वताईएको छ । अहिले शिवराज अस्पताल ,जिल्ला स्वास्थ्य कार्यालय र कुसहवा स्वास्थ्य चौकीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।

आइतवार, भदौ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार