भारत भ्रमण र संविधान संशोधनका लागि प्रधानमन्त्रीको दौडधुप

भारत भ्रमण र संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने दिन नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट तथा परामर्शलाई तिव्रता दिएका छन्।

प्रधानमन्त्री देउवाले आज एकैदिनमा महत्वपूर्ण भेटघाट गर्दै भारत भ्रमणको एजेण्डा तय गर्न र संशोधनका लागि समर्थन जुटाउन छलफल गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसंग प्रधानमन्त्री देउवाले छलफल गर्न प्रमुख तीन दलका शिर्ष नेताहरुलाई लिएर शितल निवास पुगेका थिए ।शिर्ष नेताहरुसँगको छलफलका क्रममा राष्ट्रपति भण्डारीले बाढी सम्वन्धी समस्याको दिगो समाधानको उपाय अप्नाउन र संशोधन विधेयक सहमतिको आधारमा मात्र अघि बढाउन सुझाव दिए ।

भारत भ्रमणप्रति लक्षित गर्दै राष्टपति भण्डारीले भ्रमणका क्रममा नदी नियन्त्रण गर्ने स्थायी समाधान खोज्न आग्रह गर्नुका साथै बाढीपीडितका लागि राहत र पुनर्निर्माणको काम गर्न ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री देउवाले आजै पुर्वप्रधानमन्त्रीहरुसँग पनि भारत भ्रमणलाई उपलव्धीमुलक बनाउने उपायका बारेमा सुझाव माग्नु भएको छ । एमाले नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले तराईमा भईरहेको डुवान र बाँधका बारेमा प्रष्ट कुरा राख्न सुझाव दिए ।

प्रधानमन्त्री देउवाले पुर्वप्रधानमन्त्री बाहेक भारत भ्रमणसँग संवन्धीत अन्य व्यक्तित्वहरुसँग पनि परामर्श गर्नु भएको छ ।

उहाँले तराईमा हुने बाढी र डुवानको समस्या समाधानका बारेमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग छलफल गर्नु भएको छ । साथै उहाँहरुका बीचमा संविधान संशोधन विधेयक पारित गराउने विषयमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री देउवाले नेपालका लागि भारतीय राजदुत डा। मञ्जिवसिंह पुरीसँग पनि भ्रमणको तयारीका बारेमा छलफल गर्नु भएको छ । उहाँले भारत भ्रमणलाई प्रभावकारी र उपलब्धीमुलक बनाउन सरोकारबालाहरुसँगको छलफललाई तिव्रता दिनु भएको प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री देउवा यही भदौ ७ गते भारत भ्रमणका लागि प्रस्थान गर्ने तय भएको छ । उहाँको भ्रमणलाई लिएर अन्य क्षेत्रमा पनि बहस भईरहेको छ भने विभिन्न सुझावहरु पनि आईरहेको छ ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार