आफ्नै लगानीमा गाउँको बिग्रीएको ३ किलोमिटर सडक बनाएर एक युवाले दिए च्यालेन्ज

मकवानपुर/ करिब एक साता अगाडी मकवानपुरमा पनि अविरल वर्षाले धेरै क्षति पुर्याएको थियो । बाढी पहिरोका कारण मकवानपुर जिल्लाभित्रका अधिकांश सडकहरु अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि मकवानपुरका केही ठाउँमा आजसम्म पनि यातायात ठप्प छ । सडक मर्मत गर्न सरोकारवाला निकायहरु तातिएको देखिँदैन । तर, हेटौँडा उपमहानगरपालिका वडा नं १४ का युवा बुद्ध लामाले भने आफ्नो गाउँमा अवरुद्ध भएको सडकलाई आफ्नै एकल लगानीमा मर्मत गरेर सबैलाई च्यालेन्ज दिएका छन् ।
स्थानीय सरकार, सडक डिभिजन कार्यालय, अन्य सरोकरावाला निकायहरुमध्य कसैले पनि बिग्रीएको सडकलाई बनाउने संकेत नदेखाएपछि लामाले हेटौँडा–१४ बँदेलधापमा आफ्नै खर्चमा ३ किलोमिटर बाटो ग्राभल गरेका छन् । उनले आफैले करिब ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर २ दिनमा बँदेलधापको ३ किलोमिटरको बाटोलाई ग्राभलिङ गराएका हुन् ।

मध्यस्थतासँग कुरा गर्दै लामाले भनेः ‘ गाउँमा कोही विरामी भइहाले विरामी लिन एम्बुलेन्स समेत आउन लमिल्ने गरी बाटो बिग्रीएको थियो । गाउँको त्यो बिजोग सहन नसकेर मैले बाटो ग्राभलिङ गरेको हुँ ।’ २ दिनसम्म आफ्नै खर्चमा गाउँको सडक बनाएपछि सबैबाट धन्यवाद पाएको उनी बताउँछन् ।
लामाको यो प्रयासले सबैलाई प्रेरित गरेको छ । सरोकारवाला सबैले गाउँको बिग्रीएको सडकलाई ध्यान नदिएपछि एउटा युवाले नै गरेको यस्तो उदाहरणीय कार्यले सबै सरोकारवाला निकायलाई घच्घचाएको छ ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार