मोरङमा “एउटै चितामा जलाउँनु” भन्दै सुसाइड नोट लेखेर यी प्रेम जोडीले गरे आत्महत्या, यस्तो थियो सुसाइड नोट (फोटो/भिडियो सहित)

विराटनगर | सुसाइड नोटमा “एउटै चितामा जलाउँनु” जलाउनु भन्ने नोट लेख्दै एक जोडीले आत्महत्या गरेका छन् | सँगै जिउने र सँगै बाँच्ने कसम खाएका ति प्रेमी–प्रेमिकाले एकै दिनमा आ–आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
मोरङको केराबारी– २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी– ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले शनिबार आत्महत्या गरेका हुन् | दुबैजनाले एकै पटक मछिन्द्र माविबाट एसएलसी दिएर बसेका थिए |


परिवारले बिबाहको लागी स्वकृति नदिदा आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई रहेको छ |टाउको दुख्यो भन्दै कोठामा पसेकी रक्षाले सलको पासो लगाई आत्महत्या गरेकी थिइन् भने उक्त खबर सुन्न साथ प्रेमी खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईं बताउनुभयो |

शवको परिक्षण गरी परीवार बुझाई सकिएको प्रहरीले जनाएको छ | उक्त लाशको शनिवारनै दाहसंस्कार गरिसकेको परिवारले जनाएको छ |
खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् ।
भने उक्त लाशलाई परिवारले रक्षाको लाश जलाइ सके पछी उक्त चितामा नै खेमप्रसादको लाशलाई पनि जलाएका थिए |
हेर्नुहोस बाकि अंश भिडियोमा – कसरि भयो यस्तो ?

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार