कोशी फुट्ने हल्लाको पछि नलाग्न आग्रह

इनरुवा । कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए । बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रजिअ पराजुलीले आग्रह गरे ।

उनले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आफ्नो नियमित काम गर्न जिल्लावासीलाई आग्रह गरे । आफूसहित जिल्लाका सबै सरोकारवाला निकायले कोशीको स्पर तथा बाँध अनुगमन गर्ने कामलाई निरन्तरता दिएको बताउँदै कोशीमा अहिलेको अवस्थामा कुनै खतरा नरहेको बताए उनले कोशीको सबै तटबन्ध सुरक्षित रहेकाले कोशी फुट्ने कुरा निराधार भएको बताए ।

अहिले कोशीमा पानीको बहाव एक लाख ७० हजार ६१५ क्युसेक प्रतिसेकेण्ड रहेको र २२ ढोका खोलिएको छ । कोशीको विषयमा भ्रामक हल्ला फैलाउनेको खोजी थालिएको बताउँदै त्यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्नेसमेत बताए ।
कोशी फुट्यो भनेर झुटो हल्ला फैलाउनेको पत्ता लगाई कडा कारबाही गरिने सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार