कठै वरा कांग्रेस ! माओवादीको पोलिटब्यूरो सदस्य पो उम्मेद्धार बनायो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार महासंघ स्वतन्त्र संस्था भएकोले बालुवाटारबाट भएको राजनीतिक हस्तक्षेपबिरुद्ध उत्रिन पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘सत्ता स्वार्थको आदेशमा एउटा स्वतन्त्र संस्थामाथी बालुवाटारको हस्तक्षेप भएछ, तपाईहरु त्यसका बिरुद्ध उत्रिनुहोस’ प्रेस चौतारीले आयोजना गरेको राष्ट्रिय भेलामा ओलीले भने ।

कांग्रेस माओवादीले योग्य पत्रकार नभेटाएर पार्टीको पोलिटब्यूरो सदस्यलाई पत्रकार महासंघको उम्मेद्धार बनाएको ब्यङगेसमेत ओलीले गरे । ‘कांग्रेस र माओवादीभित्र पत्रकारको खडेरी परेछ, पार्टीको पोलिटब्यूरो सदस्यलाई पत्रकार महासंघको उम्मेद्धार बनाएछन्’ ओलीले भने ‘हेर्दा हेदै कांग्रेस कहाँ पुग्यो, कठै वरा !’

पत्रकार महासंघमा युनियन र प्रेस सेन्टरबाट गोविन्द आचार्य उम्मेद्धार छन् । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका थिए । बस्नेतपछि बोल्दै ओलीले पत्रकार महासंघमा पार्टीका नेतालाई हराउन आग्रह गरे । प्रेस चौतारीले अध्यक्षमा तिर्थ कोइरालालाई अघि सारेको छ ।

ओलीले पत्रकार महासंघ पत्रकारहरुको संगठन भएकोले पार्टीको हस्तक्षेपबाट बचाउन आग्रह गरे । ‘हाम्रो पार्टीमा पनि पोलिटब्यूरो सदस्य छन्, के हामी पार्टीका सचिव योगेश भट्टराईलाई चुनाव लडाऔ ?’ उनले भने ‘हामी स्वतन्त्र संस्थामा हस्तक्षेप गर्दैनौ, गर्न दिनपनि हुँदैन ।’

माओवादीभन्दा कांग्रेससँग आक्रमक भएका ओलीले देउवाका कारण कांग्रेस समाप्तिको बाटोमा पुगेको बताए ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार