गृहमन्त्रीले ल्याए युवाहरुलाई एक्कासी यस्तो प्रस्ताव, सबैले साथ दिए नेपालमा चमत्कार हुनसक्ने

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी र अपराध नियन्त्रण गर्ने गृह प्रशासनको अभियानमा हातेमालो गर्न युवाहरुलाई आह्वान गरेका छन् । आफू देशमा निःस्वार्थ शान्ति सुरक्षा कायम गर्न क्रियाशील रहेको भन्दै उनले गुण्डागर्दी, अनियमितता र अपराधको सूचना दिएर सहयोग गर्न युवाहरुलाई आग्रह गरे ।

वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार कोटेश्वरमा सम्बोधन गर्दै मन्त्री शर्माले गुण्डागर्दी र अपराधविरुद्ध आफूले ल्याउन लागेको ‘क्लिन काठमाडौं’को अभियानमा युवाहरुको साथ पाउने विश्वास व्यक्त गरे ।

‘के तपाईंहरु क्लिन काठमाडौं बनाउन कुचो समात्न तयार हुनुहुन्छ ?’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘यदि कुचो समात्न तयार हुनुहुन्छ भने तपाईंहरुले युवा खोज्ने होइन, युवाहरु तपाईको संगठन खोज्दै आउनेछन् । वाईसीएलको संगठनमा उभार आउनेछ ।’

अहिले विकृति र विसंगति हटाउने अवसर आएको भन्दै उनले भने, ‘मलाई अनियमितताको सूचना दिनुस् म नियन्त्रण गर्छु । त्यसलाई ठीक पार्ने सरकार र संयन्त्र हामीसँग छ । तपाईं युवाहरुले साथ दिनुस् । हामी मिलेर जनताको अझै धेरै सेवा गरौं ।’

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार