मधेसको सम्पर्क भाषा नेपाली होइन, हिन्दी हो ‘

दोस्रो जनआन्दोलनलगत्तै चर्को रूपमा उठेको मधेस मुद्दा अहिले पनि नेपाली राजनीतिको पेचिलो विषय बनिरहेको छ। नयाँ संविधानले पनि मधेसको वास्तविक मुद्दा सम्बोधन नगरेको भन्दै असन्तुष्टि थाँती नै छ। मधेसत्वअसन्तोषकै कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गरिने भएको छ भने यही मुद्दा सम्बोधन गर्नकै लागि संविधानको दोस्रो संशोधनको प्रस्ताव संसद्मा छ। यसबीचमा मधेस असन्तोष वा मुद्दाबाट उठेर चिन्तन र बहसको विषय बनिसकेको छ। मधेस मुद्दालाई अन्ध समर्थन गर्ने र अन्ध विरोध गर्ने दुवैथरी अतिवाद हावी छ। मधेस के हो ? मधेसका मुद्दा के हुन् ? मधेसमाथि लक्ष्मण श्रेष्ठले विश्लेषक सीके लालसँग गरेको कुराकानीमा आधारित आलेख र मधेस आन्दोलनमाथि पत्रकार बसन्त बस्नेतको टिप्पणी :

मधेस कि तराई ?

बारम्बार सोधिने प्रश्न होत्व मधेस कि तराई। हुनुपर्ने त मधेस नै हो, किनभने असम र त्रिपुराको लागि ब्रह्मपुत्रको मैदान तराई हो। दार्जिलिङका गोर्खालीका लागि सिलगुडी तराई हो। उत्तराखण्डको मान्छेका लागि काठगोदाम तराई हो। त्यसैले तराई नेपालबाहिर पनि छ। तराईको ऐतिहासिक सन्दर्भ पनि छ। चुरेको फेदीबाट तलको मैदान जोड्ने इलाका, त्यो जंगल हुन सक्छ वा पानी जमेको ठाउँ हुन सक्छ, त्यसलाई फारसीमा तरियानी भन्ने चलन थियो। नेपालको पुरानो कागजातमा पनि त्यसलाई तरियानी नै लेखेको पाइन्छ। त्यही तरियानीबाट तराई भएको हो जुन अरू ठाउँमा पनि छ। तर, मधेस त उत्तराखण्ड, आसाम वा त्रिपुरामा त छैन। मधेस मूलतः मेचीदेखि महाकालीसम्म चुरेमुनिको भाग हो। त्यसैले नेपालको तराईलाई मधेस भन्नु उपयुक्त हुन्छ। यो एउटा प्रमुख कारण हो।

हुलाकी मार्ग हुँदै स्कुल गइरहेकी महोत्तरीकी एक बालिका ।
अर्को कारण, तराई भन्ने शब्द पञ्चायती उत्पादन हो। त्यसअघि भित्री मधेस, मधेस बन्दोबस्त अड्डा भनेर राणाकाल र त्योभन्दा अगाडि पनि भनिन्थ्यो। अंग्रेजहरू तरियानी भन्थे, हाम्रा शासकहरू मधेस नै भन्थे। काठमाडौंबाट मधेस झर्थे, तराई झर्दैनथे। पञ्चायतकालमा बल्ल तराई झर्न थालेका हुन्। त्यसैले हाम्रो पुरानो शब्दावली मधेस नै हो।

तराई एउटा होच्याउने शब्द पनि हो। तराई ल्याटिन भाषाको ‘तेराई इनकोग्निटाई’ भन्ने शब्दबाट आएको हो। यसको अर्थ बस्ती कम र खोला, नदी, जंगल बढी भएको भूभाग हो। पञ्चायतकालमा यो खाली ठाउँ हो, हाम्रो विजित भूमि हो, यसमा बस्ती बसाल्नुपर्छ भन्ने आग्रहबाट तराई भन्ने शब्द आएको हो। तराई भनेपछि सभ्यता नभएको खाली ठाउँ भयो। त्यहाँ सभ्यता बसाल्नुपर्ने भयो, जसरी अंंग्रेजले अफ्रिकालाई सभ्य बनाउन जानुपर्छ भनेर ह्वाइट म्यान्स बर्डेन भन्ने गर्थे। त्यसैगरी गोर्खाली ‘सभ्य बनाउन’ तराई ओर्लिए। तराई शब्दले सभ्यता बोक्दैन। मधेस शब्दले सभ्यता बोक्छ। त्यहाँ मिथिला थियो, अवध थियो। यहाँ २५ सय वर्षअघि त बुद्ध नै जन्मिएका थिए। त्यसैले ‘तेराई इनकोग्निटाई’ भनेर होच्याउन हुँदैन।

अर्कोतर्फ आन्दोलनले पनि निर्माण गरेको शब्द होत्व मधेस। आन्दोलनले स्थापित गरेको शब्दलाई त्यसै छोड्नुभएन। केही मानिसमा ‘तराई’ शब्दप्रति लगाव भएकोले ‘तराईत्वमधेस’ लेख्न थालेका हुन्। त्यो जरुरी छैन। मधेस त तराईमै छ, हिमालमा वा पहाडमा छैन। मधेस भन्नासाथ नेपालको तराई नै बुझिन्छ।

कसैकसैले तराईदेखि दक्षिणको गंगाको समथर भूत्वभागलाई मध्यप्रदेश भनिन्छ र त्यो नै मधेस हो भन्ने तर्क गर्छन्। मध्यप्रदेशको ऐतिहासिकता बेग्लै छ। जमुनाभन्दा पूर्व, ब्रह्मपुत्रभन्दा पश्चिम, विद्याञ्चलको उत्तर र महाभारत भूत्वभागको तलको भाग मध्यप्रदेश होइन, मध्यदेश हो। आर्यहरू पश्चिमबाट आउँदा पञ्जाब, राजस्थान हुँदै जमुनाको यो क्षेत्रमा आए। आर्यहरूलाई लाग्योत्व यसभन्दा अगाडि जानु छ। त्यसकारण उनीहरूले त्यस भूत्वभागलाई मध्यदेश भने। त्यस हिसाबले भन्ने हो भने त्यो मध्यदेशको भाग त काठमाडौं पनि हो।

अन्योन्याश्रित पहाड मधेस

हिन्दु, बुद्ध सभ्यताले मधेसत्वपहाड समेटेको छ। मधेसका ऋषिमुनि पनि पहाडमै बस्छन्। मिथिला होस् वा अवध तिनै ऋषिमुनिले बसाएको सभ्यता हो। पहाड र मधेसबीच अन्योन्याश्रित सम्बन्ध छ। यी दुईको ऐतिहासिक सम्बन्ध पनि छ। सिम्रौनगढको पतन भएपछि मल्लहरू काठमाडौं आएर राजा भएका थिए। गोपालवंशी कहाँबाट आए ? महिषपालवंशी कहाँबाट आए ? लिच्छविहरू कहाँबाट आए ? काठमाडौंबाट बनारस जाने ठूलो इतिहास छ। गोर्खा दरबारमा केही समस्या भए शासकहरू खुरुक्क बनारस जान्थे। रामपुर गएर बस्थे। सिमरा गएर बस्थे।

गोर्खालीको साम्राज्यवादी दृष्टिकोण आएपछि विभाजन सुरु भयो। साम्राज्यवादीहरू जहिले पनि शासक वर्ग र शासित वर्ग भनी छुट्ट्याउँछन्। तराईको नाममा शासित वर्ग भनेर छुट्ट्याइएको हो। गोर्खाली साम्राज्यले के भन्छत्व यो साना दुःखले आज्र्याको मुलुक होइन, बडा ठूलो दुःखले आज्र्याको मुलुक हो। आज्र्याको मुलुकमा जागिर दिनलाई ठाउँ चाहियो। त्यतिबेलादेखि नै पहाड र मधेसबीच विवाद सुरु भएको हो। गोर्खालीत्वशासनपहिले त पहाड र मधेसबीच अन्योन्याश्रित सम्बन्ध थियो।

मैले बुझेको पहाड

पहाड भन्नासाथ मेरो मनमा मुख्यतः आकर्षणकै बिम्ब बन्छ। हामी बच्चा हुँदा बाढी आएको बेला सोच्थ्यौंत्व ‘पहाडमा कत्ति सजिलो होला ! त्यहाँ दिसा बस्न जाने पीर नै हुँदैन। बाढी आएको बेला मधेसमा कहाँ दिसा बस्न जाने ? पहाडमा त त्यस्तो हुँदैन होला।’ त्यस्तै मधेसमा पानी भनेपछि इनार वा पोखरीको हुन्थ्यो, चापाकल पछि आएको हो। पोखरी वा इनारको पानी फोहोर हुन्थ्यो। पहाडमा त खोलाको पानी सफा हुन्छ होला भन्ने रोमान्टिक चिन्तन थियो। ठूलो भएपछि बुझ्न थालियोत्व पहाडमा जीवन बहुत कठिन छ।

जीवन कठिन भएपछि मानिस चाम्रा हुन्छन्। ती लडाका भएर निस्किन्छन्। जसरी अरूले आफूलाई दबाएको छ, त्यसैगरी मौका पाएपछि अरूलाई दबाउन खोज्छन्। पहाडमा जसरी उचाइको फरक हुन्छ, त्यहाँ ऊँचनिचको भेदभाव पनि ठूलो हुन्छ। यो ऊँचनिचको भेदभावमा मधेसलाई सबैभन्दा तल राखिएको छ। यो त पछि पढेर बुझेको हुँ। त्यसभन्दा अघि पहाडत्वबुझाइ निकै रोमान्टिक थियो। हाम्रा सबै ऋषिमुनि त्यहीँका, मानसरोवर त्यहीँ, पशुपतिनाथको बासस्थल पनि त्यहीँ। पछि बुझाइ बदलिँदै गएको हो।

मधेस आन्दोलनलाई पहिचानत्वराजनीति भनेर बुझ्ने गरिन्छ। यो आइडेन्टिटी पोलिटिक्स (पहिचान राजनीति) होइन, डिग्निटी पोलिटिक्स हो। डिग्निटी पोलिटिक्स भनेको मल्टिपल आइडेन्टिटी अन इक्वल टम्र्स (समानतामा आधारित बहुपहिचान) हो। मधेस आन्दोलन सम्मानको राजनीति हो।

पहाडका बासिन्दालाई हामी पहाडी नै भन्छौं। खसत्वआर्य भन्ने शब्द संविधानले कृत्रिम रूपमा उत्पादन गरेको हो। खस भनेको जनजाति हो। आर्य बाहिरबाट आएको हो। ती दुई एउटै हुनै सक्दैनन्।

मधेसत्वबोध

सानोमा लाग्थ्यो, ‘हामी हारेकै हौं, जितेरै पहाडियाले देश बनाएका हुन्। हामी रैती नै हौं। रैती भएपछि रैती भएरै बाँच्न सिक्नुपर्छ।’ पढ्दै, बुझ्दै र संगत गर्दै गएपछि ‘प्रजातन्त्र भन्ने पनि हुँदोरैछ, त्यहाँ सबै बराबर हुँदोरैछ’ भन्ने भावना विकास भयो। तर, यति धेरै आन्दोलन भइसक्दा पनि अझै धेरै मधेसीको मनमा कताकता यो देश पहाडीकै हो भन्ने छ। मधेसमा हुने गैरत्वमधेसीमा पनि ‘हामी त शासन नै गर्न आएका हौं’ भन्ने भावना छ।

काठमाडौंमा पनि यस्तै खाले धारणा छ। हुन त मेट्रोपोलिटी भएकाले सबै खालका मानिस छन् काठमाडौंमा। तर, धेरैजसोमा मधेसी भन्नासाथ ‘बाहिरिया’ बुझ्ने चलन छ। पहिला त मधेसीलाई यहाँ आउन राहदानी चाहिन्थ्यो। शाह राजपछि राहदानीको पद्धति बसालिएको थियो। त्योभन्दा पहिला त काठमाडौंले मधेसीलाई स्वागत गरेको इतिहास छ। गोपालवंशी, महिषपालवंशी, लिच्छवि, सिम्रौनगढलाई काठमाडौंले स्वागत नै गरेको थियो। जब यहाँ शाहवंशी भित्रिए, तिनलाई लाग्योत्व मधेसप्रति घृणाभाव उत्पन्न गराइएन भने हामी सुरक्षित रहँदैनौं। जयप्रकाश मल्लले तिरहुतका सेना बोलाएकाले पनि त्यस्तो भावना निर्माणमा सहयोग पुग्यो। तिनले जितेका भए अर्कै हुन्थ्यो। हारे, हारेपछि त हरेनाम भइहाल्छ।

राज्य निर्माण र मधेस

गोर्खालीहरू राज्य निर्माण गर्न भनेर लागेका होइनन्। उनीहरूले विस्तार अभियान चलाएका हुन्। पृथ्वीनारायण शाह आफ्ना सेनालाई तलब दिँदैनथे। जितेको भूमि तलबको रूपमा बाँडिन्थ्यो। विजित भूमि लुट्ने उतिबेलाको चलन थियो। गोर्खालीहरूले विजयपुर, मकवानपुर, पाल्पा हराउँदै लगेपछि मधेसमा भागाभाग भयो। मधेसीहरू भागेर इस्ट इन्डिया कम्पनीको शरणमा गए। अंग्रेजत्वनेपाल युद्धमा मधेसीले गोर्खालीबाट मुक्ति पाइन्छ भन्ने आशामा इस्ट इन्डिया कम्पनीलाई सहयोग गरेका थिए। लडाइँमा इस्ट इन्डिया कम्पनीले जित्यो पनि। मधेसीहरूको भावना थियोत्व जितेपछि हाम्रो सम्पत्ति हामीसँगै हुन्छ।

समस्या के भइदियो भने, इष्ट इन्डिया कम्पनीलाई तिब्बतको बाटो र गोर्खाली लडाका चाहिएको थियो। अंग्रेजले जितेको भूत्वभाग गोर्खालीलाई नै सुम्पियो। अनि बल्ल मधेसीका दुःखका दिन सुरु भए। दुईदुई पटक हार्‍यो मधेसले : पहिलोपटक आफ्ना राजा हारेकाले र अर्कोपटक आफूले सहयोग गरेको पक्षले धोका दिएकाले। त्यसैले राज्य निर्माणमा मधेसी प्यासिभ थिए। मधेसीहरूको भूमिका नै नभएको भन्न मिल्दैन, किनभने उनीहरू कर त तिर्थे। काठमाडौंमा जति पनि ठूला दरबार छन्, त्यसमा रगत जनजातिको र पसिना मधेसीको परेको छ। खसत्वआर्यको त्यसमा कुनै योगदान छैन।

कसैकसैले मकवानपुर, विजयुपर वा पाल्पाली सेन राजालाई पहाडी भनेर बुझेको पाइन्छ। उनीहरूलाई पहाडी भनेर कुन वंशावलीमा लेखिएको छ ? कतिपयले त तिनीहरूलाई बंगालका पालवंशीय पनि भन्छन्। त्यो विवादको विषय हो। ती गोर्खालीचाहिँ पक्कै थिएनन्। त्यसैले मधेसलाई बुझ्ने सम्बन्धमा गोर्खाली राज्य विस्तारअघि र पछिको बुझाइ नै फरक हुनुपर्छ।

नेसन हो राष्ट्र होइन

अंग्रेजीको नेसन भन्ने शब्दको परिभाषा होत्व उस्तै भाषाभाषी, उस्तै संस्कृति र जोडिएको भूभागमा बस्ने एउटै जीवनशैली भएको जाति। यदि नेसनको उल्था गरेर भन्ने हो भने मधेसलाई राष्ट्र भन्न मिल्छ। तर, संस्कृतको राष्ट्र शब्दलाई लिने हो भने त्यसको अर्थ एकै किसिमको शासन व्यवस्थामा बसेको भन्ने बुझिन्छ। मधेस कहिल्यै पनि एउटै शासन व्यवस्थामा रहेन। त्यसैले संस्कृतको राष्ट्रको अर्थमा भन्ने हो भने मधेसलाई राष्ट्र भन्न अप्ठ्यारो हुन्छ।

कसैकसैले थारू त पाँचथरीका छन् भनेर नेसन नहुने तर्क गर्छन्। तर, यो पाँचथरी थारू भन्ने मान्यता नै कहिलेदेखि उत्पत्ति भयो भन्ने नै बहसको विषय हो। ब्रह्मपुत्रदेखि जमुनासम्मको चारकोसे झाडीभित्र बस्ने जनजातिमध्ये एउटा थारू हुन्। आर्यहरूले धकेल्दै लगेपछि यी जनजाति नदीहरूले विभाजित भएको ठाउँमा पुगेर रोकिए। कति समयदेखिको इतिहास हेर्ने ? यदि सय वर्षदेखिको इतिहास हेर्ने हो भने पाँचथरी थारू हुन्छन्। हजार वर्षको इतिहास हेर्ने हो भने एउटै हुन्छन्।

भाषाको सम्बन्धमा भन्ने हो भने अवधि, भोजपुरी, राजवंशी र थारूमध्ये सबैभन्दा पुरानो मैथली हो। मैथली भाषामा लिखित इतिहास नै सन् १२०० तिरको छ। विद्यापतिको भाषाको जुन स्तर छ, त्यसमा पुग्न कुनै पनि भाषालाई कम्तीमा दुई सय वर्ष लाग्छ। त्यो हिसाबले हेर्दा मैथली भाषाको इतिहास एक हजार वर्षभन्दा पुरानो हो। लेखिएको इतिहासभन्दा बलियो हुन्छ मौखिक इतिहास। मौखिक इतिहासले के भन्छ भने, जब आर्यहरू पश्चिमबाट पूर्वतिर आए त्यतिबेला यस क्षेत्रका लागि आगो नयाँ थियो। आर्यहरूले आगो लिएर आएका थिए। आगोको काम हुन्थ्योत्व जंगल डढाउने, बस्ती बसाउने। तर, डँढेलोले नदी पार गर्न सक्दैनथ्यो। आगोलाई नारायणी पार गराउन गाह्रो भइरहेको थियो। मिथी भन्ने ऋषिले दस हजार वर्षअघि नारायणी वारि आगो ल्याए र बस्ती बसाए। उनी आएको क्षेत्र अवध, व्रज, मिथिला हो। यस अर्थमा मधेस बकाइदा नेसन हो।

म मधेसलाई राष्ट्र मान्दिनँ, किनभने हामीले माने पनि नमाने पनि मधेसलाई राजनीतिक रूपले एकै ठाउँमा ल्याएको गोर्खाली औपनिवेशिक शक्तिले हो, जसरी अहिले भारतलाई अंग्रेजको औपनिवेशिक शक्तिले एक बनाएको हो। कहिल्यै पनि भारतको अंग नै नभएको मणिपुरदेखि अरुणाञ्चलसम्म अंग्रेजको औपनिवेशिक शक्तिले एक बनायो। त्यस हिसाबले भारत एक राष्ट्र हो र त्यो राष्ट्र बनाउने काम अंग्रेजले गरेको हो। त्यसैगरी भिन्नाभिन्नै राज्यमा रहेको मधेसलाई एउटै शासन व्यवस्थामा ल्याएको श्रेय गोर्खालीलाई दिने हो भने मधेसलाई राष्ट्र भनिहाल्नु उपयुक्त हुँदैन। मधेस एउटा समुदाय हो। समुदाय भनेको एउटै भाषा, भेषभूषा, जीवनशैली र मिल्दोजुल्दो व्यवहार हो। अंग्रेजीको अर्थमा मधेस नेसन पनि हो। तर, नेपाली अर्थमा राष्ट्र भनिहाल्न मिल्दैन। यदि एक मधेस, एक प्रदेश भएको भए राष्ट्र भन्न मिल्थ्यो।

मधेस : आन्तरिक उपनिवेश

म अहिले पनि मधेसलाई आन्तरिक उपनिवेशको रूपमा मात्रै बुझ्छु। आन्तरिक औपनिवेशिकको अर्थ के हो भने, एउटै शासन व्यवस्थाअन्तर्गतको तर औपनिवेशिक व्यवहार गर्ने। गोर्खालीले शासन लादेको हुनाले मधेस एक ठाउँमा आयो र आन्तरिक उपनिवेश भयो। संघीयता, समावेशिता, उन्नत प्रजातन्त्र र समानुपातिक प्रतिनिधित्वमार्फत मधेसलाई सम्बोधन गर्न सकिन्छ। डा. सीके राउतको धारणा मेरोभन्दा फरक छ। राउतका अनुसार, ‘आन्तरिक उपनिवेश भन्ने नै हुँदैन। कि उपनिवेश हुन्छ कि हुँदैन। त्यसैले उपनिवेशको अन्त्य स्वतन्त्रतामार्फत मात्र हुन्छ।’ यो पनि एउटा विचारधारा हो। म भने स्वाधीनता भयो भने स्वतन्त्रतासरह हुन्छ भन्ने मान्यता राख्छु।

मधेस आन्दोलनका नौ मोड

खोज्दै जाने हो भने मधेस राष्ट्र हो भन्ने चिन्तनबाटै मधेस आन्दोलनको सुरु भएको पाइन्छ। चन्द्रशमशेरको पालामा जनकपुरका मौनी बाबाले चन्द्रशमशेरसँग बिन्ती चढाए, ‘सरकार काठमाडौंमा गणेशलाई अन्डा चढ्छ। हामी गणेशलाई फूल चढाउँछौं। भैंसी भनेको दूध दिने गाई सरह नै हो। यहाँ खान्छन्। पूरै देशको जिम्मा लिन त सक्दिनँ। कमसेकम जनकपुरमा एउटा परिक्रमा सडक बनाएर त्यसभित्र बली प्रथा बन्द गरियोस्।’ चन्द्रशमशेरले भने, ‘राजदेवी मन्दिरमा बली दिने चलन बहादुर शाहको पालादेखि चलिआएको हो। अष्टमीको एकदिन तिमी छोडिदेऊ, बाँकी दिन म बन्द गराइदिन्छु।’ यसरी मधेसको पहिचान पहाडभन्दा फरक छ भनेर सय वर्ष अगाडि नै सुरु भएको हो।

राणाकालमा जनताले आवाज उठाउन पाएनन्। कांग्रेसले सुरु गरेको राणा शासनविरोधी आन्दोलनमा मधेसी काठमाडौंको शासन टुट्छ भन्ने आशाले सहभागी भए। त्यसैले मधेसीहरूले बयलगाडामा चामल पुर्‍याउनेदेखि ज्वाइँसरह बनाएर कांग्रेसीलाई पाल। २००७ सालको आन्दोलन त भयो, तर कांग्रेसीहरूले धोका दिए।

त्यसपछि सुरु भयोत्व रघुनाथ ठाकुरको भाषा आन्दोलन। मधेसमा भाषा त धेरै छन् तर जोड्ने भाषा हिन्दी हो भन्ने चिन्तनमा त्यो आन्दोलन उठेको थियो। उनको असजिलो परिस्थितिमा निधन भयो, कतिले उनको हत्या गराइयो भन्छन्, कसैले दुर्घटना भन्छन्। त्यस्तै वेदानन्द झाले सुरु गरेको ‘तराई कांग्रेस’ अर्को आन्दोलन हो। त्यो आन्दोलन मधेसको राजनीतिक अधिकार अलि विशिष्ट किसिमले स्थापित हुनुपर्छ भन्नेमा केन्द्रित थियो।

उच्च जातिमा बढी केन्द्रित भएकाले तराई कांग्रेस धेरै अघि बढ्न सकेन। त्यसमा भारतको खास सहयोग भएन। भारतलाई के लाग्यो भनेत्व ‘हाम्रा गोर्खाली सेना पहाडका छन्, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग लिनुपर्ने पहाडी सत्तासँग हो।’ त्यसैले भारतले साथ दिएन। अन्ततः वेदानन्द झाले तराई कांग्रेस विघटन गरेर पञ्चायतमा लागे।

त्यसपछिको अर्को आन्दोलन रामराजाप्रसाद सिंहको हो। रामराजाप्रसादले पहाडको दलित, जनजाति र मधेसी मिलेर आन्दोलन गर्नुपर्छ भन्नेमा जोड दिए। दुर्भाग्य के भयो भने, उनले सशस्त्र आन्दोलनमा जोड दिए। तत्कालीन परिस्थितिमा भारतले सशस्त्र संघर्षबाट हात झिक्नुपर्ने अवस्था आयो। त्यो पनि त्यत्तिकै सेलायो।

त्यसैबीचमा सन् १९८४ मा हर्क गुरुङ नेतृत्वमा जनसंख्या प्रतिवेदन आयो। प्रतिवेदनले नागरिकता नभएका जति भारतीय हुन् भनिदियो। त्यो प्रतिवेदनको मुख्य जोड मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाउनेमा थियो। त्यसको विरोधमा गजेन्द्रनारायण सिंह उदाए। कांग्रेस कार्यकर्ताको एउटा हिस्सा छुट्टियो। उनले भारतको समर्थन मधेस आन्दोलनमा हुँदैन भन्ने बुझे। यसरी २०४६ सालअगावै पाँचवटा मधेसी आन्दोलन भए।

२०४६ पछि माओवादी आन्दोलनले मधेस मुद्दा बलियो ढंगले उठायो। माओवादी आन्दोलन विशुद्ध माओवादी आन्दोलनमात्रै थिएनत्व त्यो जनजाति, मधेसी, दलित आन्दोलन पनि थियो। यसलाई मधेस आन्दोलनको छैटौं मोड भन्न सकिन्छ। तर, माओवादीले पनि मधेस मुद्दा छोडिदिएपछि २०६३ मा आएत्व उपेन्द्र यादव। त्यो सातौं मोड हो। त्यसले पनि उचित व्यवस्थापन गर्न नसकेपछि महन्थ ठाकुर उदाए। त्यो आठौं मोड हो। त्यसपछि २०७२ को आन्दोलन नवौं मोड हो। यसरी हेर्दा नेता फेरिएका छन्, संस्था फेरिएको छ तर मुद्दा सम्बोधन नभएकोले मधेस आन्दोलन निरन्तर छ।

मधेस आन्दोलनलाई पहिचानत्वराजनीति भनेर बुझ्ने गरिन्छ। यो आइडेन्टिटी पोलिटिक्स (पहिचान राजनीति) होइन, डिग्निटी पोलिटिक्स हो। डिग्निटी पोलिटिक्स भनेको मल्टिपल आइडेन्टिटी अन इक्वल टर्म (समानतामा आधारित बहुपहिचान) हो। मधेस आन्दोलन सम्मानको राजनीति हो।

पाँच मुद्दा

मूलतः मधेस आन्दोलनका पाँच मुद्दा छन्। सबैभन्दा पहिलो नागरिकता हो। नागरिकता अधिकार हो, सुविधा होइन। यसको कुनै किसिम हुँदैन। कि नागरिक हुन्छ, कि अनागरिक हुन्छ। यो आधुनिक राजनीतिको सिद्धान्त हो। यही नै मधेस आन्दोलनको सबैभन्दा बलियो मुद्दा हो।
दोस्रो होत्व भाषाको मुद्दा। अर्काको भाषामा जतिसुकै जान्ने भए पनि प्रतिस्पर्धा हुन सक्दैन। त्यसैले मातृभाषालाई नै जोड दिनुपर्छ। मातृभाषा सँगसँगै मधेसको सम्पर्क भाषा नेपाली होइन, हिन्दी हो। मधेसभरिको सम्पर्क भाषा हिन्दी हो। मधेस र पहाडको सम्पर्क भाषा पनि हिन्दी हो। त्यसैले त पहाडिया नेता मधेस ओर्लेपछि हिन्दीमा भाषण गर्छन्।

तेस्रो मुद्दात्व जनसंख्याको आधारमा प्रतिनिधित्व हो। यो विश्वव्यापी मान्यता हो। देशभक्तिको परिभाषा के हो ? यो भनेको भूमि र जनतालाई माया गर्ने हो। काठमाडौंको शासकलाई माया गर्नु देशभक्ति होइन। ‘जननी जन्मभूमिश्चः’ भनेको आफू जन्मेको भूमि हो। त्यसैले यदि प्रजातन्त्र मान्ने हो भने जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ।

चौथो मुद्दा होत्व समावेशिता। आन्तरिक होस् वा बाह्य, उपनिवेशले गर्दा राज्यको चरित्र समावेशी छैन। ८० प्रतिशतभन्दा बढी राज्यको अंगमा एउटै जाति, भाषाभाषीको वर्चस्व छ। २०६३ पछिको समावेशीले पनि यसलाई समेट्न सकेको छैन। अहिले आरक्षण दिइएको छ। त्यो एउटामात्र उपाय हो। सीमान्तकृत समुदायलाई प्रवद्र्धन, संवद्र्धन पनि गरिनुपर्छ। समावेशिता पनि जनसंख्याको आधारमा गरिनुपर्छ।

पाँचौं मुद्दा हो त्व संघीयता। मधेस केन्द्रको आन्तरिक उपनिवेश हो, उपनिवेश होइन। त्यसैले पृथकता जरुरी छैन। यदि पृथकतालाई रोक्ने हो भने संघीयता चाहिन्छ। संघीयता मधेसको एकता नतोड्ने खालको हुनुपर्छ। अहिले मधेसलाई ६ भागमा बाँडिएको छ, त्यसले पृथकताको भावना बढाउँछ। सुरुमा ‘एक मधेस एक प्रदेश’को माग थियो। त्यसपछि ‘एक मधेस दुई प्रदेश’ भयो। त्योभन्दा बढीमा मधेसलाई टुक्र्याएपछि संघीयताकै अर्थ रहँदैन। मधेसलाई प्रान्त बनाउँदा विखण्डन हुन्छ भन्ने चिन्ता राष्ट्रिय एकतामा विश्वास नहुनु हो। शंका नै गर्ने हो भने ६/७ वटा प्रान्त बनाउँदा पनि टुक्रिन सक्छ। मधेसी हुनासाथ टुक्र्याउने भन्ने पनि होइन। सिक्किममा विलयको घोषणा गर्ने त खसत्वआर्य, पहाडी नै थिए।

मधेसमा दुई प्रदेश हुनैपर्छ। त्यसको कारण छ। मधेसमा दुईवटा सभ्यता छ। भोजपुरी, राजवंशी, वज्जी, पहाडीत्वजनजाति आदि। यी सबैको संगम मिथिला सभ्यता हो। अर्को, सभ्यता होत्व अवध। मिथिला सभ्यता भन्नेबित्तिकै राजा जनकदेखि लिच्छवि र वज्जी गणराज्यसम्म आउँछ। अवध सभ्यता राजा रामदेखि बुद्धसम्म जोडिन्छ। यी दुई सभ्यताको तुलनामा गोर्खाली सभ्यता होइन। गोर्खाली संस्कृतिमात्र हो। सभ्यताको प्रान्त पनि नहुने, संस्कृतिलाई चाहिँ सिंगो राज्य हुने ? यी दुई सभ्यतालाई प्रान्त बनाइयो भने यिनले आफ्नो संस्कृतिको रक्षा एवं जगेर्ना गर्नेछन्। ‘एक मधेस, एक प्रदेश’को म विरोधी हुँ। किनभने राजा राम र उनको ससुराली जनकपुर त एकै ठाउँमा कहिल्यै थिएन।

समावेशीकरणको एक दशक

समावेशीकरण सुरु भएको एक दशक पुग्यो। एउटा तर्क छत्व यो समावेशीकरणको लाभ उच्च जाति र वर्गले मात्र लिए। मधेसकै पनि उच्च जातिले पाए। सामान्यतः सुरुमा यस्तै नै हुन्छ किनभने पढेलेखेका समुदाय नै पहिला अगाडि आउने हो। स्वाभाविक हो, जसको अध्ययनमा पहुँच थियो त्यो अगाडि हुन्छ। समस्या के हो भने, अध्ययनमा अगाडि हुँदाहुँदै पनि मधेसका माथिल्ला वर्गकाले त्यो ठाउँ पाएनन्। काठमाडौंको आँखाबाट हेर्दा मधेसलाई नै समावेशीकरण गर्नुपर्‍यो। आन्तरिक रूपमा व्यवस्थापन गर्ने काम प्रान्तको हो। प्रान्तले त्यहाँको पिछडा वर्गलाई अगाडि ल्याउनेछ। यसको अर्थ होत्व लडाइँ लामो छ।

राजनीतिक रूपमा पनि सुरुमा नेतृत्वमा आउने शिक्षा र साधनमा पहुँच भएको वर्ग नै हो। थप लोकतन्त्रीकरण हुँदै जाँदा नेतृत्व पनि विस्तार हुँदै जान्छ।
एकथरीले मधेसमा भूमिसुधारको मुद्दा उठाउँछन्। मधेसी दलले यसको विरोध गर्नुको कारण अहिलेसम्मको अनुभव हो। अनुभवले के देखायो भनेत्व जबजब मधेसमा भूमि वितरण हुन्छ, त्यो पहाडीलाई बाँड्नकै लागि हुन्छ। जग्गा अधिकरण हुने मधेसीको, त्यहाँ बसाइने भने पहाडी ! पहिले मधेसको मूल मुद्दा स्थापित हुन दिउँ, त्यसपछिको चरणमा यी मुद्दा आउनेछन्। अहिले भूमि अधिकार दिने हो भने हिजो लमजुङ, तनहुँका पहाडिया गएपछि चितवनका थारू गायब भएजस्तै हुन्छ।

मधेस आन्दोलनको अर्को आयाम रेमिट्यान्स हो। वैदेशिक रोजगारीमा जान थालेपछि रेमिट्यान्सले मधेसी समुदायलाई पनि आर्थिक रूपमा बलियो बनायो। त्यसअघि मधेसमा जग्गाको अर्थतन्त्र थियो। त्यसमध्ये ८० प्रतिशत जमिनदार पहाडिया थिए। बाँकी २० प्रतिशत पनि ८० प्रतिशतकै अघिपछि हिँड्थे, चाहे त्यो चन्द्रशमशेरको अघिपछि हिँड्ने शुक्लाजीको परिवार होस् वा जुद्धशमशेरका अघिपछि हिँड्ने त्रिपाठीजीको परिवार। कसैकसैले शुक्ला वा त्रिपाठीलाई आप्रवासी भन्छन्। हो, उनीहरू गोर्खाली आक्रमणको बेला भागेर भारततिर गए, पछि फर्केर आए। फर्केर आएकोलाई आप्रवासी भन्ने हो भने त बीपी कोइराला पनि आप्रवासी हुन्।

मधेस र भारत

मधेसको चर्चा हुनासाथ, प्रत्यक्ष वा परोक्ष ढंगले भारतसँग जोड्ने हीन भावना गोर्खालीमा छ। हामी यति ठूलो देशसँग जोडिएका छौं, त्यसले अलिकति हावा फुक्यो भने पनि हामी उड्छौं भन्ने चिन्तन हो यो। नेपाली राष्ट्रवादलाई भारतविरोधीको रूपमा अथ्र्याउन थालिएको पृथ्वीनारायण शाहपछि नै हो। मान्यता नै बनाइयोत्व दक्षिणसँग डराएर बस्नु।

अर्कोतर्फ नेपाललाई दबाब दिन भारतलाई सजिलो हुने भएकाले पनि भारत जोडिएको होला। पहाडियाको शरण लिन जाने ठाउँ धेरै छ, मधेसीका लागि त कुटे पनि माया गरे पनि त्यही भारतमात्र हो। म भारतको भूमिकालाई सकारात्मक रूपमा लिन्न। भारतले मधेसलाई झनै अप्ठ्यारोमा पारेको छ। उसले चाहेको भए मधेस मुद्दा उहिल्यै समाधान हुन्थ्यो। भारत मौन बस्नुपर्छ भन्दिनँ म, उसले उपयोग गर्न छोड्नुपर्छ। बरु समर्थन गर्नुपर्छ, किनभने ठूलो शक्तिले जहिल्यै कमजोरको समर्थन गर्ने हो। चीन, अमेरिकाले पनि मधेसको समर्थन गर्नुपर्छ।

आन्दोलनको उपलब्धि

नौ/नौ आन्दोलनले मधेसमा केही नगरेको भने होइन। यसका केही उपलब्धि छन्। सबैभन्दा पहिलो उपलब्धि होत्व जनचेतना। मधेसमा ‘हामी मधेसी’ भन्ने जनचेतना बढेको छ। अन्तर्राष्ट्रिय रूपमा सचेतना बढेको छ। दस वर्षअघिसम्म दिल्लीमा मधेसको कुरा गर्दा उपहास गरिन्थ्यो। आरक्षणमार्फत सानो भए पनि समावेशीकरणको सुरुवात भएको छ। मधेस नउठेको भए संघीयताको मुद्दा हराइसकेको हुन्थ्यो। अहिलेको उपलब्धिको परिणाम तत्काल देखिँदैन। अर्को पुस्ताले देख्नेछ। जति धेरै उपलब्धि प्राप्त भए, उति नै असन्तुष्टि बढ्दा रैछन्।
अन्नपूर्ण पोस्टबाट सीके लाल 

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार