विषालु सर्पले डस्दा एक बालकको मृत्यु

सिरहा ,भदौ ३/

खेलिरहेको बेला विषालु सर्पले डस्दा सिरहाको सखुवानान्करकट्टी गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।


घरनजिकै साथीहरुसँग खेलिरहेको बेला विषालु सर्पले डस्दा सखुवानान्करकट्टी गाउँपालिका(१ का पर्शुराम सदायका ११ वर्षका छोरा भागवत यादवको उपचारका लागि लहान ल्याउने क्रममा बाटामै ज्यान गएको प्रहरीले जनाएको छ । पानी परेर सवैतिर डुबान भएपछि पछिल्ला दिनमा सिराहमा सर्पदंशमा वृद्धि भएको छ ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार