परमाणु आक्रमण भन्दा वार्ता र शान्तिमा जोड दिन उत्तर कोरियालाई आग्रह गरेको एमाले नेता नेपालको भनाई

काठमाडौ ,भदौ ३ /नेकपा एमालेका नेता माधव नेपालले आफूले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गरेर परमाणु आक्रमण भन्दा वार्ता र शान्तिमा जोड दिन आग्रह गरेका छन् ।


एसियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया गएका बेला किमसँग भेट भएको नेता नेपालले बताए । भेटमा कोलियाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्यका लागि वार्ता र शान्तिको बाटो अपनाउन सुझाव दिएको नेता नेपालले बताए ।

उत्तर कोरियाबाट फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपालले नेपाल पनि शान्तिको पक्षमा रहेको बताएको जानकारी दिए ।

यस्तै उनले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक तर दुई चरणमा गर्ने तीन दल र सरकारको निर्णय स्वागत योग्य रहेको बताए । सम्मेलनका लागि एमालेका नेता नेपालसँगै माओवादीका हरिबोल गजुरेल र संघीय समाजवादी फोरमकी छाया शर्मा गएका थिए ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार