चुनाव नजिकिदै गर्दा सिरहामा महतोले एक सदस्य ५ हजार दिदै एमाले कार्यकर्तालाई राजपामा भित्र्याए

काठमाडौं । असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको चुनाव नजिकिदै गर्दा राष्ट्रिय जनता पार्टीमा प्रवेशको लहर चलाईएको छ ।

यसैक्रममा शनिबार नेकपा एमाले छाडेर नेता कार्यकर्ता राजपामा प्रवेश गरेका छन् । एमालेसँगै कांग्रेस, माओवादीका नेता कार्यकर्ता पनि राजपामा आएका छन् भने श्रोतका अनुसार राजेन्द्र महतोले एक सदस्य ५ हजार दिएर पाटी प्रवेश गराएका हुन

राजपाका युवा नेता राजीव झाका अनुसार सिरहाको चौहारवामा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय अध्यक्ष मण्डलका प्रभावशाली नेता राजेन्द्र महतोले नवप्रवेशीलाई पार्टीमा फुलमाला र टिका लगाई स्वागत गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा मोहन महतो, रामदुलार यादव, योगी पण्डित, रामभरोस महतो, महेन्द्र कर्ण लगायत चर्चित व्यक्तित्वहरु रहेका छन् ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार