माओवादी आडमा अह्ररोे परेका इन्द्र अनि मुना र स्वस्तिकाको आँशु

गोपाल बराल
‘छोरी, आज के पढेर आयौ ? भन्दै साथीका बुबाहरुले आफ्नै अगाडि सोध्दा भक्कानो छुटेर आउँछ’ बर्दिवास नगरपालिका–७ मनहरीपुरकी १३ बर्षीया स्वस्तिका खत्रीले आँखाका डिलबाट बगेका आँसुका धारा पुछ्दै भनिन् ।

‘रहर त हुन्छ, मेरा पनि बुबाले मायालु हातले सुमसुम्याउँदै सोधुन्–, तिमीलाई कलम, कपी र पुस्तक के कमी छ ? तर, आजसम्म बोल्न त के मेरा बुबा नजिकमा देखिएँ भने छड्किएर हिंड्नु हुन्छ’ स्वस्तिकाले बह पोख्दै थपिन् ।
अहिले बर्दिवास–६ (पहिले किसाननगर–५) का इन्द्रबहादुर खत्री र बर्दिवास–७ (पहिले किसाननगर–५ नै) की मुना खत्रीबीचको प्रेमकी निशानी हुन् स्वस्तिका । इन्द्र र मुनाको प्रेम सम्बन्ध झ्याङ्गिदै गएर शारीरिक सम्बन्धसम्म पुग्दा आपूm गर्भमै छँदा आमा मुनाले भोगेकी सामाजिक तिरस्कार र पारिवारिक हिंसाका घटनाबारे सुनेकी भएपनि स्वस्तिकामा बालसुलभ चञ्चलता र रहरले बुबाले बोलाइ दिउन्भन्ने चाहना हुँदो रहेछ ।

छोरी स्वस्तिका र आमा मुना

‘आखिर सन्तान हुँ म, कसो एक दिन माया नपलाउला र बुबालाई जस्तो लाग्छ’ स्वस्तिकाले भनिन्–, ‘आँमाले आफ्नो पहिचान स्थापित गर्न गर्नु भएको सङ्घर्षको कथा पनि सुनेकी छु, तैपनि बुबाको काख एक दिन पाउने आसभने मरेको छैन ।’

गर्भवति भएसँगै मुनाले बिधिवत बिबाहका लागि अनुनय बिनय गरेपनि इन्द्रले मुनालाई घर भित्र्याउन सट्टा आफ्नै बस्तीका चन्द्रबहादुर राउतकी छोरी तिलमायासँग बिबाह गरे । ‘तिलमायासँग बिबाह गरेपनि बिस्तारै भित्र्याउलान् , दुःख–सुखः गरि खाउँला भन्ने थियो’ स्वस्तिकाकी आँमा मुनाले विगत सम्झदै भनिन्–, ‘तर, उहाँले त मसँगको सम्बन्ध नै नरहेको बताउँदै अरु गाउँलेकै स्वरमा लय मिलाउँदै यो बेश्या हो भनेर प्रचार गर्नुभयो ।’

गर्भवति भएसँगै समाज, परिवारको तिरस्कार खेप्दै माइतमै बोली बचन खपेर १३ साउन २०६० सालमा छोरी जन्माएको मुनाले विगत सम्झिन् । छोरी बढ्दै गएर नौ बर्ष लाग्दासम्म प्रेमीले नबोलाएपछि २०६९ साल असोज आठ गते बाध्य भएर नाता कायम गरि अंश पाँउभन्ने मुद्दा महोत्तरी जिल्ला अदालतमा मुनाले दायर गरिन् ।

‘टेक्ने, समाउँने कुनै ठाउँ देखिन, आफ्ना ब्यथा सुनाउँदै जाँदा चिनजान भएका सञ्चारकर्मी र अधिकारकर्मीहरुले मुद्दा हाल भन्नुभयो’ मुनाले भनिन्–‘उनीहरुकै सहयोग र सद्भाव पाएर मुद्दा दायर गरेपछि बल्ल पहिचान पाएकी छु ।’

अदालतमा प्रतिउत्तर जोड्दा पनि इन्द्रले मुनालाई चिन्दिन, उसँग कुनै सम्बन्ध छैन भन्ने प्रतिउत्तर जोडेका थिए । महिला उत्पिडन र शोषणको अन्त्य गर्छौ भनेर भाषण गर्ने नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरु इन्द्रका साक्षी थिए । उनीहरुले पनि मुना र इन्द्रको कुनै सम्बन्ध नभएको नरहेको र स्वस्तिकाबारे केही थाहा नभएको बयान गरे ।

यद्यपि, मुद्दा चलिरहँदा सञ्चारकर्मी र अधिकारकर्मीको सोधपुछ र अदालतको डिएनए परीक्षणको आदेशको तयारीबाट हतप्रभ भएका इन्द्रले तत्कालिन किसाननगर गाबिस कार्यालयमा पुगेर मुनासँगको सम्बन्ध स्वीकार गर्दै बिबाह दत्र्ता र जन्म दत्र्ता गरेपछि मुनाको पहिचानको लडाँइले पहिलो जित हासिल ग-यो । त्यसलगत्तै इन्द्रले एकीकृत सेवा केन्द्र बर्दिवासमा मुना पत्नी भएको सनाखत गरेपछि मुनाले दुइ जेठ २०७१ मा पतिको नाम खुलेको नागरिकता प्रमाणपत्र पनि पाइन् ।

यि सबै प्रमाणका आधारमा अदालतले २०७१ साल पुस २३ गते इन्द्र र मुनाबीच पति–पत्नीको र स्वस्तिकासँग छोरीको नाता कायम गर्दै मुना र छोरीलाई अंश दिनु पर्ने निर्णय ग-यो । अदालतले पतिको जायजेथाबाट अंश दिलाएर केही जग्गासमेत छोरी र आफ्नो नाउँमा कायम गरेपनि हकभोग अझसम्म गर्न नपाएको मुनाको भनाइ छ । ‘अदालतले मेरो र छोरीको संयुक्त नाउँमा त दत्र्ता गरि दियो’ मुनाले भनिन्–‘तर, स्थानीय नेताहरुको बल पाउनु भएका मेरा पतिले खेत–बारीमा टेक्नसमेत दिनु भएन ।’

 

खेतबारी भोग्न नपाएको र बालीनाली हात नलाग्दा छोरीको पढाइ र आपूmसमेतको जीवन गुजारा अत्यन्त कठिन बनेको मुनाले भक्कानिदै बताइन् । आपूm गरिब र निरिह भएकाले नगरपालिकाको वडा कार्यालय र इलाका प्रहरी कार्यालयले अदालतले दिएको जग्गा हक भोग गराइ दिनुभन्ने आदेश पनि कार्यान्वयन हुन नसकेको मुनाको गुनासो छ । ‘अदालतको पत्र त दिए’ मुनाले भनिन्–‘तर ठूलाबडाको फोनअगाडि मेरो रुवाबासीले के ठाउँ पाउँथ्यो र ?’

अहिले छोरीको पढाइ र आपूmसहितको गुजारा धान्न सकस परेको मुनाको थप भनाइ छ । ‘छोरीलाई निसहाय बुझेर बर्दिवास–१ स्थित ग्लोवल एकेडेमीले निशुल्क पढाइसम्म दिएको छ’ मुनाले भनिन्–‘अहिले कक्षा–७ मा पढी रहेकी छोरी स्वस्तिकाको उमेर बढ्दै गएसँगैका लत्ताकपडा, कापीकलम र अन्य आवश्यकता धान्न निकै मुश्किल छ ’ खेतबारी टेक्न नपाएको र बालीनाली पाउने आश मरेपछि फेरि आपूm अदालतकै शरणमा पुगेकी मुनाले बताएकी छन् ।

यसैबीच जिल्लाका मानवअधिकारका क्षेत्रमा कृयाशील सङ्घ संस्था र ब्यक्तिहरुले मुनाको न्यायको लडाईमा ऐक्यबद्धता जनाएका छन् । मानव अधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले मुनाले पहिचानको लडाँइ सकेपनि सम्पतिमाथिको अधिकार स्थापित गर्न अझै लढिरहनु परेको बताएका छन् । त्यसैगरि महिला साँस्कृतिक उत्थान केन्द्र बर्दिवासकी अध्यक्ष शारदा दाहालले मुनामाथिको पारिवारिक हिंशा अन्त्यका लागि सम्पतिमाथि उनको अधिकार स्थापित हुन पर्ने बताएकी छन् ।

यता मुनाका पति इन्द्रले भने कानुनले पाएको कुरा कानुनले नै दिलाउने भन्दै मुनालाई आफैंले घर छुट्याई दिएर बालीनाली दिने कुरामा बेवास्ता देखाएका छन् ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार