किन एक्कासी राष्ट्रपतिसंग पुगे तीन दलका शिर्ष नेता, यस्तो छ कारण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन् । प्रधानमन्त्री शेरबहाहदुर देउवाको भारत भ्रमण, निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि तीन दलका शीर्ष नेता शितलनिवास पुगेका हुन् ।

शितलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा वली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् ।

त्यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पुगेको राष्ट्रपति कार्यालयका दीपा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गते भारत भ्रमणमा जादैँ छन् ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार