काठमाडौंमा पनि स्क्रब टाइफसका बिरामी बढ्दै

काठमाडौं,भदौ ३ /

काठमाडौंमा अस्वभाविक रुपमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका पाइएको छ । गएको ४ दिनमा मात्रै काठमाडौंमा १७ जनालाई स्क्रब टाइफस भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।


अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विभिन्न अस्पतालबाट परीक्षणको लागि रेफर गरिएका १७ जनामा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।

केही वर्षअघिसम्म पहाडी इलाका र गाउँमा देखिने स्क्रव टाइफस अहिले शहरी क्षेत्रमा पनि देखिन थालेको उनले बताए । उनका अनुसार अचानक काम उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रब टाइफसका लक्षण हुन ।

यी लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइकिलिन एन्टिवायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने तर उपचार नगरे ज्यानै जाने जोखिम हुने उनको भनाई छ ।

समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मृगौला, फोक्सो, मुटुमा असर हुँदैपछि श्वास प्रश्वासमा समस्या भई बिरामीको ज्यानै जाने भएकाले समयमा उपचार गराउन उनको सुझाव छ ।

यस्तै व्यक्तिगत सरसफाईसँगै घर वरपर सफा राख्नु तथा मुसा, किर्ना, सुलसुले लगायतलाई नियन्त्रण गरे यो रोगबाट बच्न सकिने उनले बताए । रोग सार्ने किरा जाडो र गर्मी महिनाको तुलनामा वर्षायाममा बढी सक्रिय हुने भएकाले वर्षातको समयमा स्क्रब टाइफसका बिरामी बढ्ने सरुवारोग विशेषज्ञ पुनले जानकारी दिए ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार