राहत नपाएको पहिरो प्रभावितको गुनासो

इलाम ,भदौ ३/

इलामको रोङ गाउँपालिका–२ शान्तिपुरका पहिरो प्रभावितले राहत नपाएको गुनासो गरेका छन् ।
गएको साउन २८ गते रातिको अबिरल वर्षाका कारण पहिरो जादाँ रोङ गाउँपालिका–२ दुधेका ज्योतिखर चौहानको परिवार बिस्थापित भएको छ । पहिरोले घर बगाउदा चौहान परिवार विस्थापित भएको हो ।

पहिरोबाट बिस्थापित भएका परिवारमा ज्योतिखर चौहानसहित पाँचजनाको परिवार छिमेकी बिर्खबहादुर तामाङको घरमा शरण लिएर बसेका छन् । पहिरोका कारण झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति भएको चौहानले बताए ।

वडाध्यक्ष टेक बहादुर तामाङ्गका अनुसार यो गाउँपालिकाको तीनघरे बरफल्याङ्गदेखि झापासम्म जोड्ने ३० किलोमिटर ग्रामीण सडकमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ । यातायातको सुविधाबाट वञ्चित भएका कारण पनि राहत नआएको हुनसक्ने वडाध्यक्ष तामाङ्को भनाई छ ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार