यी हुन् चार घन्टा बाढीमा बगेर पनि बाँँच्न सफल भएकी सानुमाया

बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसलै रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् ।

तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।


बर्खाको बाढीमा चार घन्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो । बाढीले झन्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन् सानुमाया राई । तर, त्यही घटना उनका दिदी–भिनाजुका लागि दुर्भाग्य बन्यो । दिदीको शव भेटिएको छ भने भिनाजु अझै बेपत्ता छन् ।

 

इटहरी गैरीगाउँकी सानुमायालाई इटहरीकै जनता बस्तीस्थित दिदीको घरमा मध्यरातमा सुतिरेहकै वेला बाढीले बगाएको थियो । सानुमाया छुट्टीका वेलामा दिदीको घर जान्थिन् । यसपालि पनि दिदीका तीन वर्षीय छोरा निमेशको शनिबार बर्थ डे मनाउने भनेर अघिल्लै दिन दिदीको घर पुगेकी थिइन् । अर्को दिन ‘बर्थ डे’ मनाउने तयारी गरेर राति ११ बजे उनीहरू सुतेका थिए । रातको १२ बजे सुसाउँदै खोला आयो ।

बाढी आइरहेकाले बाहिर मान्छेहरू चिच्याइरहेका थिए । तर, आफूहरू सुरक्षित रहनेमा सानुमाया ढुक्क थिइन् । टिनको छानो र इँटाको गारो भएकाले घर दरिलै छ भन्ने उनको सोचाइ थियो ।

 

बाढी घरमा पसेको सबैभन्दा पहिले आफूले नै थाहा पाएको उनले बताइन् । थाहा पाउन्जेल बाढी घरको माथि–माथिसम्म पुगिसकेको थियो । हेर्दाहेर्दै बाढीले घरको गारो भत्कायो । उनीहरू अत्तालिए । बचाउ–बचाउ भन्दै गुहार मागे । तर, कसैले सुनेनन् । टोल सुनसान थियो । कसले सहयोग गर्नू ? बाढीले उनीहरूलाई बगाउँदै लग्यो । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् ।

अब बाँचिन्छजस्तो भएको थियो, त्यसैले रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।

 

सानुमायालाई पौडी खेल्न आउँदैन । तर, बाढीमा फसेपछि रूखका हाँगाबिँगा समाउँदै उनले पौडने कोसिस गरिन् । ‘मलाई बाँच्न लेखेको रहेछ,’ सानुमायाले भनिन्, ‘जे–जे भेटेँ, समात्दै हातखुट्टा चलाउँदै गएँ ।’

 

उनलाई बाढीले ठुल्ठूलो झड्काका साथ बगाएको थियो । बाढीमा आएका मुढा पटक–पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए । तैपनि, त्यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्याउन सकिन् । सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय बिरुऋषि देवले उद्धार गरेका थिए । यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगकी थिइन् ।

उनलाई बाढीले ठुल्ठूलो झड्काका साथ बगाएको थियो । बाढीमा आएका मुढा पटक–पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए । तैपनि, त्यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्याउन सकिन् । सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय बिरुऋषि देवले उद्धार गरेका थिए । यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगकी थिइन् ।

 

‘मेरा आँखामा बालुवा परेर हेर्न सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘आफू कहाँ छु भन्ने पनि थाहा पाइनँ । मान्छेहरू बोलेको सुनेँ, मलाई कसैले बचाउन लागेको छ भन्ने लाग्यो । त्यसैले थप गुहार पनि माग्न खोजेँ, तर मुखमा माटो र बालुवा भरिएकाले बोल्न सकिनँ ।’

 

उद्धारपछि दुहबीको सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । भित्री चोट नदेखिएकाले उपचारपछि उनी घर फर्केकी छिन् । डाक्टरले उनलाई एक महिनाको औषधि दिएका छन् ।

 

त्यति लामो समयसम्म बाढीमा बग्दासमेत आफूलाई मर्छुजस्तो नलागेको उनी बताउँछिन् । दुईपटक भुमरीमा पर्दाचाहिँ निकै डर लागेको उनले सुनाइन् । ‘धन्न बाँचेँ’, उनले भनिन्, ‘नयाँ जीवन पाएकी छु । भगवान्ले हात थापिदिए ।’ आत्मविश्वासले आफूलाई बचाएको बताउने उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत छिन् ।

उनकी दिदीकी छोरी कमला पनि रातभरि रूखमा चढेर बाँचिन् । कमलाका आमा (सानुमायाकी दिदी) आशादेवीको शब विराटनगरमा भेटियो । कमलाका बाबु राजकुमार र भाइ निमेष अझै बेपत्ता छन् ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार