अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

बिराटनगर ,भदौ ३/ बाढीका कारण ८ दिनदेखि अवरुद्ध विराटनगर विमानस्थल शनिबार अर्थात आजबाट सञ्चालनमा आएको छ ।


विमानस्थलको धावनमार्गमा जमेको हिलो र लेदो पुर्णरुपमा हटाई सरसफाई समेत सकिएपछि आजबाट सञ्चालनमा आएको हो ।

यद्यपी लामो समयपछि विमानस्थल सञ्चालन भएकाले आज सीमित फलाईट मात्र हुने विमानस्थल स्रोतले बताएको छ । विराटनगर विमानस्थलमा आज सौर्य एयरले पहिलो उडान भरेको छ ।

सौर्यले २ तथा यती एयरले २ गरी ४ वटा उडान भर्ने नागरिक उड्यन कार्यालय विराटनगरका निर्देशक सुरेशमान सिंहले बताए । तत्कालका लागि बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म मात्र विमानस्थल सञ्चालन हुने छ ।

धावनमार्गका बिजुली बिग्रेकाले साँझ परेपछि विमानस्थल सञ्चालन नहुने निर्देशक सिंहले जानकारी दिए । बुद्ध र नेपाल एयरलायन्सले भने सोमबार र मंगलबारबाट मात्र नियमित उडान गर्ने जनाएका छन् ।

 

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार