बाढी प्रभावित क्षेत्रमा चिकित्सक सहितको विशेष टोली खटिदै

काठमाडौ भदौ ३/

बाढी प्रभावित तराईका विभिन्न स्थानमा शनिबार आजबाट चिकित्सक सहितको विशेष टोली खटिने भएको छ ।
स्वास्थ्य विभागका अनुसार पछिल्लो समय बाढी प्रभावित विभिन्न जिल्लामा फैलन सक्ने महामारीको जोखिम न्युनिकरणका लागि चिकित्सक सहितको ५ वटा टोली जिल्लामा परिचालन गर्न लागिएको हो ।

विभागका महानिर्देशक राजेन्द्र प्रसाद पन्तले तत्काललाई महामारी फैलिसकेको अवस्था नभएपनि पूर्व सर्तकता अपनाउँदै जोखिम न्युनिकरण गर्नेतर्फ ध्यान दिएको बताए ।

मोरङ, झापा र सुनसरीमा एउटा टोली, रौतहट,बारा, पर्सा र सर्लाही, बाँके र बर्दिया, धनुषा र महोत्तरी, सिराहा र सप्तरीमा गरी ५ वटा टोलीले सेवा उपलब्ध गराउने पन्तले बताए ।

यसैबीच बाढी प्रभावित जिल्लामा महामारीको जोखिम देखिए पनि तत्काललाई आत्तिहाल्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । यद्यपि पुर्वसावधानी र सर्तकता अपनाउन आवश्यक रहेको र पानीको शुद्धिकरणमा विशेष ध्यान दिन सम्बन्धित सबैलाई उनले आग्रह गरेका छन् ।

यस्तै विभागले महामारीको स्थित आइहाले पनि आवश्यक औषधी तथा स्वास्थ्य सेवाहरु तयार रहेको र विभिन्न स्थानमा औषधी, पानी शुद्धिकरणका लागि आवश्यक क्लोरिन लगायतका स्वास्थ्य सामाग्री र्पुयाइसकिएको पन्तले बताए । बर्षाको मौसममा झाडापखला,आउँ लगायत रोगको संक्रमण बढ्ने भएकाले शुद्ध पिउनेपानी, ताजा तथा स्वस्थ खानेकुरामा जोड दिनुपर्ने बताए ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार