२३ सय युवा चुनिँदैछन् युवा संघको प्रतिनिधि

२३ सय युवा चुनिँदैछन् युवा संघको प्रतिनिधि
२ भदौ । आगामी असोजको तेस्रो साता काठमाडौंमा हुने युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३ सय प्रतिनिधिले भाग लिने भएका छन् । असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट त्यति संख्याका प्रतिनिधि छनोट गरिनेछ ।

तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिइन् ।

नयाँ संविधानअनुसार संगठनलाई अब स्थानीय तह तथा प्रदेश र केन्द्रीय गरी नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने पनि जनाइएको छ । त्यसका लागि समयसापेक्ष विधान संशोधन गरिने पन्तले बताइन् ।

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको पनि उनले बताइन् । विभिन्न २५ मुलुकका युवा संगठनका प्रतिनिधिलाई अतिथिका रुपमा निम्ता गरिने जनाइएको छ ।

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार