सातामा नेप्से परिसूचक १२ दशमलव तीन आठ अंकले घट्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीहरुको कारोबार भएको छ । २७ हजार ४ सय ६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता शेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम अघिल्लो साताको भन्दा १९ दशमलव नौ पाँच प्रतिशतले कम हो । अघिल्लो साता १ सय ६८ कम्पनीहरुको कारोबार भएको थियो । अघिल्लो साता तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता शेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२ दशमलव तीन आठ अंकले घटेर अन्तिम दिन १ हजार ६ सय २९ दशमलव सात पाँच अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव दुई पाँच अंकले घटेर ३ सय ४२ दशमलव तीन चार अंकमा बन्द भएको छ ।

यो साता कारोबार रकमका आधारमा १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी १४ लाख ९२ हजार कित्ता शेयर खरिद विक्री भएर नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । कारोबार रकमका आधारमा सबैभन्दा अग्रस्थानमा रहेका पाँच कम्पनीहरुमा नेसनल हाइड्रोपावर कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, फरवार्ड कम्युनीटी माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका रहेका छन् ।

साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन माात्र खुला रह्यो । यो साता फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४० लाख कित्ता साधारण शेयर, सेती फाइनान्सको ५७ हजार १ सय ८ कित्ता वोनस शेयर, नेरुडे लघुवित्त विकास बैंक ९ लाख कित्ता हकप्रद शेयर, सानिमा बैंकको २ लाख ११ हजार ४७ कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बजारमा प्रत्येक दिन शेयर थपिदै गएका कारण आपुर्ती बढन गई परिसुचक घटन सक्ने सम्भावना बलियो बन्दै गएको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार