सुरज घर फर्र्र्किए.., निशान टप फाइभमा

काठमाण्डौ नेपाल आइडलमा प्रतिस्पर्धा गरिरहनुभएका सुरज थापा घर फर्किनुभएको छ । नेपाल आइडलको डेन्जर जोनमा परेका निशान भट्टराई, सुजता पाण्डे र सुरज थपा मध्ये सुरजको लागी नेपाल आइडलको मंच अन्तिम भएको छ । गत बिहिबारको प्रस्तुतीलाई दर्शक स्रोताले माया नगरिदिएपछि उहाँ नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिनुभएको हो ।

सुरज बाहिरिएसँगै निशान भने उत्कृष्ठ पाँचमा पर्न सफल हुनुभएको छ । निशान, सुजता पाण्डे, बुद्ध लामा, प्रताप दास र सागर आले मगरले अब उत्कृष्ठ ४ को लागी प्रतिस्पर्धा गर्नुपर्नेहुन्छ । शुक्रबारको प्रस्तुतीमा नेपाल आइडलबाट अधिल्ला चरणहरुमा बाहिरिएका प्रतिस्पर्धीहरुले नेपाल आइडलका प्रतियोगिहरुलाई साथ दिएका थिए ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार