निर्वाचन आयोगले दियो सरकारलाई १७ बुँदे निर्देशन

काठमाण्डौ । निर्वाचन आयोगले असोज २ गते हुने दोश्रो चरणको निर्वाचनका लागि सात दिन स्थानीय विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

आयोगले भदौ २७ गतदेखि असोज २ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो । बैठकले चुनावको तयारीका लागि सरकारलाई १७ बुँदे निर्देशन समेत दिएको छ ।

बैठकले विद्यालय भवन तथा कम्पाउन्ड वाल भत्किएको वा नभएको भए तत्काल निर्माण तथा मर्मत गर्न समेत निर्देशन दिएको छ ।

आयोगले सरकारलाई चुनावको बेला मागेको कर्मचारी तुरुन्त खटाई पठाउन र सुरक्षाको उचित प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ ।

त्यस्तै सो बैठकले असोज २ गते हुने चुनावका लागि चुस्त सुरक्षा व्यवस्थापन गर्न समेत गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार