सुस्तावासीले बाँध भत्काएलगत्तै गण्डक नहरबारे नेपाल र भारतबीच भयो यस्तो नयाँ सहमति !

नवलपरासी । नेपाल र भारतका अधिकारीहरुबीच गण्डक नहरबारे महत्वपूर्ण सहमति भएको छ । शुक्रबार भएको दुई देशबीचका सरकारी अधिकारीहरुबीच गण्डक नहरको साइफन माघ महिनाभित्र सरसफाई गर्ने सहमति भएको हो ।

त्यस्तै छलफलमा गण्डक नहरका कारण डुबानमा परेर भएको क्षतिपूर्तिका लागि ७ दिनभित्र माथिल्लो निकायमा सिफारिस गर्ने समेत सहमति भएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

गण्डक नहरका कारण अहिले नहरको उत्तरतर्फको जमिन पूर्ण रुपमा डुबानमा परेको छ । एकसाता देखि डुबानमा रहेको सो जमिनका बारेमा भने सहमति नभएको बताइएको छ ।

बिहीबार सोही नहरबाट प्रभावित सुस्तावासीले गाउँ र खेताबारीमा जम्मा भएको पानीको निकास दिन भन्दै स्थानीय फलामे पुल नजिकैको गण्डक नहरको वाँध भत्काएका थिए ।

उनीहरुले बाँध भत्काइरहँदा यो विषय भारतको पनि भएकोले दुई देशबीचको छलफलबाट टुंगिने भन्दै स्थानीय प्रशासनले भत्काउन रोक लगाएको थियो ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार