साझ पख एकासी एमाले अध्यक्ष ओलीले दिए किन कडा चेतावनी ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने दावी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुराको दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको पनि स्पष्ट पारे ।
राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी सत्तापक्षले विधेयक निर्णयार्थ पेश गर्न खोजेको आरोप लगाउँदै उनले सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गरे आफुहरुलई मान्य नहुने बताए ।

अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिए । उनले सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने गरी क्षेत्र निर्धारणको काममा षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार