रौतहटमा राहतको नाममा नेपाली कांग्रेस संघीय समाजवादी चुनावी प्रचार, स्थानीय प्रशासन निष्क्रिय

राकेश यादव, रौतहट, २ भाद्र । रौतहटमा राहतको नाममा चुनावी प्रचार गर्ने कार्य तीव्र रुपमा भइरहेको छ । आसन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा मतदाता आकर्षण गर्ने उद्देश्यले केही राजनीतिक दलका नेता तथा उम्मेद्वारहरु एवं केही कम्पनीहरुले राहत वितरण गर्ने बहनामा आआफ्नो प्रचारप्रसार गरिरहेका छन् ।

 

बिहीबार गौरमा जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयको उल्लंघन गर्दै विश्वकर्मा सिन्मेट प्राइभेट लिमिटेडले आफ्नो कम्पनीको लोगो सहितको टीसर्ट राहत सामग्रीसँगै वितरण गरेको हो ।

नेपाली कांग्रेस तथा संघीय समाजवादी फोरम नेपालले पनि आफ्नो पार्टीको नाउँमा एकद्वार प्रणालीलाइ धज्जिया उडाउँदै केही व्यक्तिलाई राहत वितरण गरेका छन् ।

निजी कम्पनी तथा राजनीतिक दलहरुले राहत सामग्री वितरण गर्दा त्यसको रेकर्ड तयारी नगरेका कारण कसैले धेरै पटक तथा कसैले एक पटक पनि राहत पाउन सकेका छैनन् ।

स्थानीय प्रशासनको उदासीनताको कारण यस्तो भैरहेको पीडितहरुले आरोप लगाएका छन् । विश्वकर्मा सिन्मेटका बिक्रेताहरुले आ आफ्ना नजिकका व्यक्तिलाई राहत दिएको स्थानीय विशाल सहनीले आरोप लगाएका छन् ।

 

कम्पनीले के कुन आधारमा राहत वितरण गरिएको प्रश्नको विषय बनेको हो । नेपाल रेडक्रस सोसाइटीका सभापति संजीव कुमार मल्लिकले जिल्ला दैवी प्रकोप उद्धार समितिसँग सहकार्य गरी राहत वितरण गर्नुभन्दा नमानेको बताएका छन् ।

 

प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले उद्धार समितिको अनुमति बेगार राहत वितरण गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन् । गएको २९ गते राति आएको भीषण बाढीबाट भएको जनधनको क्षति विवरण संकलन गर्ने कार्य भैरहेको बेला बिचैमा केहि व्यक्ति, संघसस्था, राजनीतिक दलहरुले राहत वितरण गर्ने कार्य गरिरहेकोले वास्तविक पीडितहरु बंचित तथा गैरपीडितहरुले फाइदा लिइरहेका छन् ।

 

बाढीपीडितलाई राहत वितरण गर्नलाई कडाईका साथ एकद्वार प्रणाली लागु गरिएन भने पीडितहरु यसबाट सधैं बंचित होने सम्भावना रहेकोले स्थानीय प्रशासनलाई सचेत हुन आवश्यक रहेको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार