वर्षामा छाता ओडेर उद्धारमा, वर्षापछि राहतमा जुटिन् भरतपुर महानगरकी मेयर दाहाल

, चितवन,भर्खरै स्थानीय निकायको चुनाव सम्पन्न भयो । चुनाव सम्पन्न भइ असारमा वजेट र कार्यक्रम तय गरेका स्थानीय निकायका जनप्रतिनिधी अहिले दिनरात नभनी जनतामाझ देखिएका छन् ।

चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र माडी अन्य नगरपालिका भन्दा राप्तीबाट बढी प्रभावित बन्यो । यस क्षेत्रमा ठूलो धनजनको क्षति भयो ।

२८ र २९ गते निरन्तरको वर्षाले १५ वर्ष पछि चितवनमा धनजनको ठूलो क्षति गरायो । लगत्तै भर्खर निर्वाचित प्रतिनिधिहरु बाढी पीडित माझ पुगे । उनीहरुले राहत वितरणमा संयोजनकारी भूमिका खेलेका छन् । जसले गर्दा राहत वितरण कार्य प्रभावकारी भएको पाइएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल निरन्तर वर्षाको बाबजुद पनि छाता ओढेर बाढी प्रभावित क्षेत्र पश्चिम चितवन लागिन् । वडा नम्बर २३ मा रहेका ३ सय जति पीडित बालिकालाई उनकै समन्वयमा सेनाको हेलिकप्टरबाट तत्काल उद्दार गरियो । वर्षाको समयमा उद्दारमा घटिएकी मेयर दाहाल वर्षा पछि भने राहत वितरणमा व्यस्त छिन् ।

बाढीबाट प्रभावित भरतपुर महानगरको पश्चिमी क्षेत्रमा दाहाल निरन्तर बाढीपीडितसँग भेटघाट गरी गुनासो सुन्नमा व्यस्त छिन् । उनीसँगै भरतपुर महानगरकी उपमेयर पार्वती शाह पनि रहेकी छन् । त्यस्तै हरेक वडाका निर्वाचित जनप्रतिनिधि र उम्मेदवार भइ पराजित भएकाहरु पनि जनताको दुखमा साथै रहेका छन् । रत्ननगर नगरपालिका मेयर नारायण वन आफू निरन्तर बाढी पीडितसँग रहेको बताउँछन् ।

बाढीबाट बढि प्रभावित क्षेत्र चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिलाई अहिले राहत व्यवस्थापन र वितरणमा भ्याइ नभ्याइ छ । बढी प्रभावित भएकाले सवै दाताको ध्यान माडीतर्फ रहेको छ । राहत माडी केन्द्रित हुँदा यहाँका जनप्रतिनिधिलाई राहत व्यवस्थापनमा केही असहजता भएपनि राहत पाउनबाट कोही पनि नछुटेको मेयर ठाकुर ढकाल बताउँछन् ।

२ करोड खातामा
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बाढी पीडितको तत्कालिन उद्दार र उद्दार पछिको राहतमा कुनै कमी नभएको बताए । राहतका लागि सरकारी मानव स्रोत र साधनको व्यापक प्रयोग भएको जानकारी दिँदै प्रजिअ भट्टले भने,‘चितवनमा बाढी पीडितले गुनासो गर्ने ठाउँ राखेका छैनौं ।’ एकद्धार प्रणालीबाट राहत वितरण भएकाले पनि निकै सहज भएको उनले बताए ।

जिल्ला दैवी प्रकोप राहत कोषमा २ करोड रहेको जानकारी दिँदै प्रजिअ भट्टले आवश्यक पर्दा उक्त रकम खर्च गर्न सकिने बताए । साथै उनले बाढी पीडितका लागि भन्दै गृह मन्त्रालयले केही दिन अघि ७ लाख रुपैयाँ पठाएको बताए ।

बाढी पहिरोबाट मृत्यु भएकाहरुको तत्कालिन राहतका लागि उक्त रकम आएको उनको भनाइ छ । ‘बस्ने, खाने र लगाउने कुराको समस्या मुख्य हो, उनले भने,‘हामीले निजी क्षेत्र, स्थानीय निकाय जनप्रतिनिधीसँग समन्वय गरी प्रभावकारी हिसावले काम गरिरहेका छौँ ।’

ड्राइ फुड र पुराना लुगा निषेध
प्रमुख जिल्ला अधिकारी भट्टले बाढी पीडितका लागि बाँढिने राहतले स्वास्थ्यमा समस्या नहोस भन्नका लागि सुख्खा खानेकुरा वितरण निषेध गरिएको जानकारी दिए । साथै उनले कतिपयले प्रयोग गरिएका लत्ता कपडा पनि दिने गरेकाले त्यो पनि वितरणमा रोक लगाइएको बताए । ‘साँच्चै राहत बाढ्ने हो भने दाल चामल बाढ्न आग्रह गर्छौ, उनले भने,‘स्वास्थ्यलाई प्रत्यक्ष अप्रत्यक्ष हानी गर्ने र फालिएका कपडा ल्याएर सेवा गर्नुको अर्थ छैन ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार