सर्वाेच्चबाट आयो नसोचेको निर्णय गृहमन्त्री शर्मालाई झट्का

काठमाडौं, २ भदौ । सर्वोच्च अदालतले बाढी, पहिरो र डुबान पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

राहतको दुरुपयोग भन्दै गृहमन्त्री जनार्दन शर्माको पहलमा बाढी गएलगत्तै केन्द्रीय दैवी प्रकोप एकद्वार समितिले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

तर, शुक्रबार न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले गृहमन्त्री शर्माको पहलमा भएको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अधिवक्ता सुनिल रञ्जन सिंहले एकद्वारा प्रणाली हटाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

गृहमन्त्री शर्माको पहलमा भएको यो निर्णयको चौतर्फी विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत यो निर्णयको विरोध गरेको थियो ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार