कम्युनिष्ट पार्टीहरुको एकतामा प्रचण्डको जोड

काठमाडौ ,भदौ २ /

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरुको एकतामा जोड दिएका छन् ।

पार्टीको भ्रातृसंगठन योङ कम्युनिष्ट लिगको दोस्रो राष्ट्रिय सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उनले ‘कम्युनिष्टबीच एकता गर्नुको विकल्प छैन’–भने ।

सबै कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर राष्ट्रियताका पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो पार्टीको सम्पूर्ण शक्ति प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा केन्द्रित भएको भन्दै दाहालले आफ्नो ठाउँबाट भूमिका खेल्न वाइसीएललाई आग्रह गरे ।

कार्यक्रममा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई वैचारिक शक्ति केन्द्र बनाउनुपर्ने बताए ।

पछिल्ला दिनमा पाटीमा वैचारिक विचलन आएको भन्दै उनले संगठन निर्माणमा लाग्न आग्रह गरे ।

शनिबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चुन्नेछ ।

नेतृत्वका लागि रामप्रसाद सापकोटा, लक्ष्मी चौलागाइँ र दीपक देवकोटाबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार