संविधान संशोधनमा एमालेको पनि सहमति’उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा

जनकपुरधाम: उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनमा नेकपा एमालेले पनि सहयोग गर्ने बताएका छन्। देशको राजनीतिक निकासको लागि संविधान संशोधन अनिवार्य रहेकोले वर्तमान राजनीतिक अवस्थालाई समाधान गर्न एमालेले सहयोग गर्ने महराले बताए।

धनुषाको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागि हुन शुक्रबार जनकपुर आईपुगेका उपप्रधानमन्त्री महराले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग व्यवस्थापिका संसदमा टेबुल गरिएको संविधान संशोधन विधेयक पारित हुने दावी गरे।

संसदमा भदौ पाँच गते भोटिंङ्ग हुने संशोधन विधेयक दुई तिहाई बहुमतबाट पारित गराउनका लागि सरकार निरन्तर प्रयासरत रहेको उनको भनाई थियो। असोज २ गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा राजपा पनि सहभागि हुने महराको भनाई थियो।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार