धुर्मुसले गरे अग्निपीडित महिलाको उद्धार

काठमाडौं हास्य अभिनेता सीताराम कट्टेल (धुर्मुस) ले शरीर जलेर ६ महिनादेखि थलिएकी लालबन्दी–५ बेतिनी माझीगाउँकी रत्नेदेवी माझीलाई अस्पताल पु¥याएर उद्धार गरेका छन् । तराई डुबेपछि राहत र उद्धारका लागि सर्लाही पुगेका सीतारामले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी–५ बेतिनी माझीगाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् ।

राहत सामग्री र मेडिकल टोलीसहित लालबन्दी पुगेका धुर्मुसले आफूले माझीगाउँका बाढीपीडित २६ परिवारलाई राहत बाँड्ने क्रममा आगोले जलेर थलापरेकी रत्नेदेवी अलपत्र परेको जानकारी पाएपछि उद्धार गरेर अस्पताल पु¥याएको बताए ।

रत्नेदेवीले ६ महिनाअघि लुगाबाट सल्किएको आगोले पुरै शरीर डढेर राम्ररी उपचार नपाएपछि ओछ्यानमा परेको पीडा सुनाएकी छन् । चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा आफ्ना हातखुट्टा नसासमेत खुम्चिएर थलापर्न बाध्य भएको ती पीडित महिलाले बताइन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट आफूले बर्दिबासका होटल व्यवसायी हीरा गौतम र मेडिकल टोलीसँगको सहकार्यमा उपचारका लागि रत्नेदेवीलाई अस्पताल पु¥याएको बताए । त्यहाँको अस्पतालमा उपचारपछि रत्नेदेवीको घाउ निको हुने भए पनि खुम्चिएका नसालाई सोझ्याउन केही दिनपछि काठमाडौं ल्याइने कलाकार सीतारामले जानकारी गराएका छन् ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार