हातमा जुत्ता पकड्दै बाढी प्रभावित क्षेत्रमा पुगे एमाले नेता पुर्व सञ्चारमन्त्रि शंकर पोख्रेल

घोराही, केही दिन यता अविरल वर्षापछि आएको वाढीवाट प्रभावित क्षेत्र र पिडितहरुको अवस्थाको निरीक्षण गर्दै पुर्व सुचना तथा सञ्चारमन्त्रि शंकर पोख्रेलले तत्काल राहतका कार्यक्रम घोषणा गरेर अघि बढ्न दाङका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

 

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका पुर्व सञ्चार मन्त्री पोख्रेलले तुलसीपुर १३ दमारगाउँ र तुलसीपुर ११ मोतिपुरका वाढी ग्रस्त क्षेत्रको निरिक्षण गर्दै जनप्रतिनिधिहरुलाई ठुलो भर विश्वास गरेर जनताले एमालेलाई दाङका अधिकांश स्थानीय तहमा निर्वाचीत गरेको भन्दै जनताको विचमा रहेर काम गर्न सुझाउनु भयो ।

विहिवार दाङ आउनु भएका पोख्रेलले जनतालाई दुख परेको वेला जनप्रतिनिधिले मलम लगाउने काम गर्नुपर्ने भन्दै जनताले गुनासो गर्ने वातावरण आउन नदिनतर्फ सचेत वन्न पनि आग्रह गर्नु भयो । पोख्रेल दाङका वाढि ग्रस्त क्षेत्रहरुको अवलोकन गर्न जिल्ला आउनु भएको हो ।

उहाँले सो क्रममा वाढीपीडितका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि आफुले पहल गर्ने वताउनु भएको थियो । पाटीको तर्फबाट वाढीपीडितका लागि सवै संसदबाट एकदिन वरावरको पारिश्रमिक दिनुका साथै मृतक परिवारलाई राहत स्वरुप ५ लाख दिनका लागि सरकारको ध्यानाकर्षण गराउने वताउनु भएको थियो ।

पुर्वमन्त्री पोख्रेलले घर भत्केका हरुलाई पुननिर्माणका लागि राहत स्वरुप ३ लाख र सहुलियत ऋण ३ लाख दिनका लागि पनि सरकारसँग पहल गर्ने वताउनु भएको थियो । निरिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, मेयर घनश्याम पाण्डे, सह संयोजक श्रीधर पौडेल लगायतको सहभागिता रहेको थियो ।


विहिवार विहानैदेखि पीडितका घरमा पुगेर उनीहरुको अवस्था पनि वुझ्नु भएको छ । वाढि र पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दै शोक सन्तप्त परीवारजनप्रति गहीरो समवेदना प्रकट गर्नु भएको छ ।

 

जिल्ला समन्वय समितिका सभपाति, तुलसिपुरका मेयर र पार्टिका नेताहरुसहीत वाढि प्रभावित क्षेत्रमा पुग्नु भएका पोख्रेलले वाढी पीडितहरुका समस्यालाई गम्भिरतापुर्वक लिन र समस्या समाधानका लागि तत्कालै पहलकदमि लिन पनि आग्रह गर्नु भयो । पुर्वमन्त्रि पोख्रेलले जनताको दुखलाई आफ्नो दुख सरह लिएर जिल्ला आएकोमा वाढि पिडितहरुले राहतको मह्सुस गरेका थिए ।

२०७१ को घाउ नमेटिदै बबईले दिएको सास्ती अबका दिनमा खेप्नु नपर्ने गरि बबई नदिलाई तटबन्धन गर्नतर्फ स्थानिय सरकारले ध्यान दिनुपर्ने पोख्रेलको भनाई छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार